यस्ता छन् डण्डिफोर हटाउने घरेलु उपाय



हाम्रो इकोनोमि

 

छाला शरीरको महत्वपूर्ण अंग हो । यसले सम्पुर्ण शरीरलाई ढाकेको हुन्छ । छालाले नै शरीरलाई बाहिरी आक्रमणबाट बचाउने गर्दछ । तर यहि छालाको सही स्याहार भएन भने यसले मानिसको सुन्दरतालाई समेत असर पार्दछ ।

अझ गर्मीयाममा अनुहारमा आउने डण्डिफोर र राता दागको समस्याले मानिसको ब्यक्तित्वमा समेत असर पार्दछ । त्यसैले गर्मियाममा हुने अनुहारको समस्यालाई समयमा उपचार गरिनु आवश्यक हुन्छ । गर्मी मौसमा अनुहारमा डण्डीफोर, राता दागको सजिला घरेलु उपायबाटै नियन्त्रण गर्न सकिन्छ ।

यस्तो छ उपाय

अनुहारमा आउने डण्डिफोर र रातो दागका लागि रातभरी भिजाएको चामलको पिठो बनाई त्यसमा सुन्तलाको बोक्राको धुलो मिसाएर पेस्ट बनाइ लगाएमा यसले धेरै हदसम्म राहत दिन्छ ।

यसरी लगाइने पेष्टलाई अनुहारमा लगाई करीब आधा घण्टा पछाडि धुनु पर्दछ । यसो गर्नाले अनुहारको डण्डिफोर र रातो दाग हटेर जानेछ ।

यसबाहेक गुलाफको पातलाई लेदो हुने गरी पिसेर त्यसमा कागतीको रस मिलाएर समेत लगाउन सकिन्छ । यदि कागति संभव नभएमा टमटरको रस निकालेर गुलाफको पातको लेदामा मिसाएर करीब १५ मिनेट अनुहारमा राखेर धुन सकिन्छ ।

अनुहार धोएपछि कलिलो निमको पातलाई पिसेर लेदो बनाई १० मिनेट अनुहारमा राखि धुनु पर्दछ । यसो गर्नाले केहि दिनमा नै अनुहारको डण्डिफोर हटेर जानेछ । यसले अनुहारमा समेत चमक ल्याउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...