कतार विश्वकप फुटबलको छनोटका लागि आज नेपाल र कुवेत भिड्दै



हाम्रो इकोनोमि

 

कतारमा हुने २०२२ विश्वकप फुटबलका समूह बीको छनोट खेलमा आज नेपाल र कुबेतबीच खेल हुँदैछ ।

कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा हुने खेल नेपाली समय अनुसार रातिको पौने ११ बजे सुरु हुनेछ । पहिलो पटक सिधै दोस्रो चरण खेल्न लागेको नेपाल समुह ‘बी’मा छ ।

नेपाल रहेको समुहमा एसियाली पावर हाउस मानिने अष्ट्रेलिया सहित कुवेत, जोर्डन र चाईनिज ताईपे समावेश छन् । नेपालले होम एण्ड अवेका आधारमा समुहका चार टिमसंग प्रतिस्पर्धा गर्नेछ । फिफा र बरियतामा नेपाल भन्दा कुवते दस स्थानमाथि रहेको छ ।

नेपालमा वरियता १ सय ६६ र कुवेतको १ सय ५६ रहेको छ । कुवेतको मौसममा अनुकुल हुनका लागि नेपाली टिम चार दिन अघि नै कुवेत पुगिसकेको छ । यो खेलमा सन् २०२३ मा हुने एशिया कपको पनि छनोट खेलको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...