मोटा व्यक्ति र मधुमेह रोगीका लागि बरदान हो भन्टाः थाहा पाउनुहोस् कसले खाने, कसले नखाने



हाम्रो इकोनोमि

 

भन्टा धेरैलाई मन नपर्न सक्छ तर यसमा विभिन्न आयुर्वेदिक गुण पनि हुन्छ जुन खानुका विभिन्न फाइदा छन् । विशेषगरी जसले तौल कम गर्न चाहिरहेका छन् र जसलाई निद्रा सम्बन्धि समस्या छ, उनीहरुका लागि भन्टा कुनै बरदानभन्दा कम छैन ।

थाहा पाउँदा अचम्म लाग्ला तर यो सब्जीमा एन्टिअक्सिडेन्ट अत्यधिक हुन्छ र यसले तपाईंको रोग प्रतिरोधी क्षमतालाई पनि वृद्धि गर्छ । यसले शरीरमा विभिन्न कमीको पूर्तीसमेत गरिरहेको हुन्छ । भन्टा जुनसुकै रुपमा खाँदा पनि फाइदाजनक हुन्छ । यो सब्जीले स्वास्थ्यमा पुर्याउने फाइदाबारे जानकारी लिऔं ।

भन्टाका थुप्रै फाइदाः
– भोकलाई नियन्त्रण गर्छ किनभने यसमा फाइबर र बियाँ अत्यधिक हुन्छ जसले लामो समयसम्म पेट भरिएको महसुस हुन्छ ।

– भन्टामा निकै कम क्यालोरी हुन्छ । एक कप पाकेको भन्टामा ३५ क्यालोरी मात्र हुन्छ । यसमा पानीको मात्रा पनि अत्यधिक हुन्छ त्यसकारण यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ ।

– धेरैजसो मध्य–पूर्वी र इटालियन व्यञ्जनमा भन्टा समावेश गरिएकै हुन्छ । यो एरोबिन (बोक्रासहित) भएकाले अत्यधिक स्वास्थ्यवर्धक मानिन्छ ।

– यसले आयुर्वेद औषधीको रुपमा पनि काम गर्छ । यसले अनिद्रा र निद्रासम्बन्धि समस्यालाई ठिक गर्छ ।

– अनुसन्धानबाट पत्ता लागेअनुसार भन्टाले खराब कोलेस्ट्रोललाई कम गर्छ ।

– भन्टाले मधुमेहलाई नियन्त्रित गर्न र रोक्न निकै सहयोगी भूमिका निर्वाह गर्छ । यसमा पाइने उच्च फाइबर र कार्बले विशेषगरी सहयोग गर्छ ।

– चुकन्दर, ब्लूबेरी, प्लम र भन्टालगायतमा एन्थोसायनिन (रंग प्रदान गर्ने विशेषता) हुन्छ । एन्टिअक्सिडेन्ट धेरैजसो प्याजी रंगयुक्त सब्जी र फलमा हुन्छ ।

– भन्टामा कोलेस्ट्रोलको मात्रा लगभग शून्य हुन्छ त्यसकारण यो तौल कम गर्ने कोसिस गर्नेहरुका लागि पनि निकै फाइदाजनक हुन्छ ।

– भन्टामा आइरन र क्याल्सियम पनि अत्यधिक हुन्छ । यो रक्तअल्पत्ता रोगीका लागि पनि निकै फाइदाजनक हुन्छ । साथै हड्डीको स्वास्थ्यका लागि पनि यसले सकारात्मक प्रभाव पारिरहेको हुन्छ ।

ग्यासको समस्या र बाथ रोगीहरुले खान नहुनेः

जसलाई ग्यासको समस्या छ, जो बाथका रोगी छन्, जसलाई पत्थरीको समस्या छ, उनीहरुले भन्टा खानुहुँदैन । तर जो स्वस्थ छन् उनीहरुले भने आफ्नो आहारमा यसलाई समावेश गर्नैपर्छ ।

डिस्क्लेमरः प्रस्तुत लेखमा सुझाइएका टिप्स र सल्लाह साधारण जानकारीका लागि मात्र हुन् यसलाई व्यावसायिक चिकित्सकको सल्लाहको रुपमा लिन सकिँदैन । अनिता श्रेष्ठ

२०७५ असार १० गते

प्रतिक्रिया दिनुहोस
ओमकार आयल इन्डस्ट्रिजका सञ्चालक विजय श्रेष्ठ पक्राउ

    सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । छहारी...

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

    किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले २००...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...