चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या साढे ८५ करोड



हाम्रो इकोनोमि

 

फाइभ जी नेटवर्कमार्फत इन्टरनेट प्रविधिमा नयाँ फड्को मार्ने तयारीमा रहेको चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८५ करोड नाघेको छ ।

चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार पछिल्लो एक वर्षमा चिनियाँ इन्टरनेट प्रयोगकर्ताको संख्यामा २५.९८ प्रतिशतले वृद्धि भई ८५ करोड ४० लाख पुगेको हो ।

चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टरका अनुसार चीनमा इन्टरनेट उपलब्धता दरमा १.६ प्रतिशतले वृद्धि भएको छ ।

तथ्यांक अनुसार ८४ करोड ७० लाख चिनियाँले इन्टरनेट चलाउनका लागि मोबाइल फोनको प्रयोग गर्ने गर्दछन् । जुन अघिल्लो वर्षभन्दा झण्डै ३० प्रतिशतले बढी हो ।

चीनमा इन्टरनेट प्रयोगकर्तामध्ये ९९.१ प्रतिशत सँग मोबाइल फोनको पहुँच रहेको छ ।

खासगरी न्यून मूल्यमा तिव्र गतिको इन्टनेटको उपलब्धतामा वृद्धि हुँदा इन्टरनेट प्रयोगकर्ताको संख्यामा भारी वृद्धि देखिएको बताइएको छ । तथ्यांक अनुसार चिनिया इन्टनेट प्रयोगकर्ताको औषत मासिक इन्टरनेट डाटा खपत ७ दशमबल २ गिगाबाइट रहेको छ । यो विश्वव्यापी औषत खपतभन्दा १.२ गुणाले बढि हो ।

पछिल्लो पाँच वर्षमा चीनमा मोबाइल् ब्रोडव्याण्ड इन्टरनेटको डाउनलोड स्पिडमा ६ गुणाले वृद्धि भएको छ भने मोबाइल इन्टरनेटको शुल्कमा ९० प्रतिशतले कमी आएको सिन्ह्वाले उल्लेख गरेको छ ।

स्मरण रहोस् चीन विश्वमा सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता रहेको देशमात्र होइन इन्टरनेटमा आधारित सेवाहरुमा सबैभन्दा धेरै बन्देज लगाइएको देश पनि हो ।

चीनमा विश्वका सर्वाधिक लोकप्रिय सोसल मिडिया फेसबुक तथा ट्वीटर मात्र होइन गुगल पनि प्रतिबन्धित रहेको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...