तलब नदिएपछि सुपरभाइजरको हत्या गरेको अभियोगमा मलेसियामा दुई नेपाली पक्राउ



हाम्रो इकोनोमि

 

मलेसियामा सुुपरभाइजरको हत्याको अभियोगमा दुई नेपाली प्रक्राउ परेका छन् । प्रक्राउ पर्ने दुवै जना सेक्युरिटी गार्डका रुपमा कार्यरत नेपाली रहेको मलेसियन प्रहरीले जनाएको छ ।

जलानमा रहेको एक अपार्टमेन्टमा सुपरभाइजर ५४ वर्षीय ली पोह मेङ को शव कर्मचारीको शौचालयभित्र थुनिएको अवस्थामा फेला पारेको थियो ।

दुई नेपाली भने घटना भएको अपार्टमेन्टबाटै पक्राउ परेका हुन । अर्का भारतीय नागरिकको भने खोजी भइरहेको छ । दुई नेपालीसहित ३ जना सेक्युरिटी गार्डले सुपरभाइजरलाई हेल्मेटले पटक पटक कुटेको सीसीटीभी फुटेजमा देखिएको थियो ।

‘तलब नदिएको भन्दै सुपरभाइजरको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ मलेसियन प्रहरीको भनाइलाई उद्धृत गर्दै ‘द स्टार’ले लेखेको छ ।

पक्राउ परेका नेपाली कामदारले आफ्नो नाम ‘डन’ बताए पनि वास्तविक नाम र नेपालको ठेगाना भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...