तलब नदिएपछि सुपरभाइजरको हत्या गरेको अभियोगमा मलेसियामा दुई नेपाली पक्राउ



हाम्रो इकोनोमि

 

मलेसियामा सुुपरभाइजरको हत्याको अभियोगमा दुई नेपाली प्रक्राउ परेका छन् । प्रक्राउ पर्ने दुवै जना सेक्युरिटी गार्डका रुपमा कार्यरत नेपाली रहेको मलेसियन प्रहरीले जनाएको छ ।

जलानमा रहेको एक अपार्टमेन्टमा सुपरभाइजर ५४ वर्षीय ली पोह मेङ को शव कर्मचारीको शौचालयभित्र थुनिएको अवस्थामा फेला पारेको थियो ।

दुई नेपाली भने घटना भएको अपार्टमेन्टबाटै पक्राउ परेका हुन । अर्का भारतीय नागरिकको भने खोजी भइरहेको छ । दुई नेपालीसहित ३ जना सेक्युरिटी गार्डले सुपरभाइजरलाई हेल्मेटले पटक पटक कुटेको सीसीटीभी फुटेजमा देखिएको थियो ।

‘तलब नदिएको भन्दै सुपरभाइजरको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ मलेसियन प्रहरीको भनाइलाई उद्धृत गर्दै ‘द स्टार’ले लेखेको छ ।

पक्राउ परेका नेपाली कामदारले आफ्नो नाम ‘डन’ बताए पनि वास्तविक नाम र नेपालको ठेगाना भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...