जटिल राेगकाे उपचार खर्च जुटाउन नसक्दा मृत्यु कुर्दै शिक्षक !



हाम्रो इकोनोमि

 

मो समय शिक्षक पेशामा जिन्दगी गुजारेका सरोज दुलाल बोनम्यारो फेल भएर थलिएका छन् । उपचारका लागि खर्च जोहो गर्न नसकेकै कारण उनी मृत्यु कुर्न बाध्य सरह छन् ।

३७ वर्षिय दुलाल इनरुवा- ५ बलाहाका स्थानीय हुन् । नवयुग एकेडेमीका शिक्षक दुलाल अंग्रेजी विषयमा अब्बल मानिन्छन् । स्वास्थ्य र सामाजिक विषयको समेत अध्यापन गराउँदै आएका दुलाल केहि वर्षयता जटिल प्रकृतिको रोगबाट ग्रसित छन् ।

बोनम्यारो फेल भएका कारण दुलाल सिभर एप्लाष्टिक एनिमियाको शिकार भएका छन् । चिकित्सकहरुका अनुसार उक्त रोग लागेको व्यक्तिको समयमै उपचार सम्भव नभए जुनकुनै बेला ज्यानै जान सक्छ ।

सिएमसी अस्पताल भेलोर इण्डियामा भर्ना गराइएका दुलाललाई घर फर्काइएको छ । परिवारले उपचारमा आवश्यक रकम जुटाउन नसकेपछि बिरामीलाई घर फर्काइएको हो ।

सरोजका एक श्रीमति र सानी छोरी छिन् । खर्च अभावमा अस्पतालबाट फर्काइएका दुलाल यतिबेला जीवन-मरणको दोसाँझमा छन् । बिरामी अवस्थाका बीच दुलाल सहयोगको याचना गरिरहेका छन् । उनले आफू बाँचे शिक्षक पेशालाई निरन्तरता दिँदै सामाजिक कार्यमा सकृयताका साथ लागिपर्ने बाचा सहित सहयोगकालागि हात फैलाईरहेका छन् । स्वयं बिरामी सरोजको भनाईमा सहयोग रकम नजुटे मृत्यु कुर्नु बाहेकको विकल्प छैन् ।

अस्पतालले करिव २० लाख नेपाली रुपैंया उपचारमा लाग्ने बताएको सरोजकी श्रीमती शान्ता दुलालले बताइन् । औषधोउपचार सहित थप अन्य खर्चको समेत आवश्यक पर्ने भएकाले आफु र आफ्नो परिवार रकम जुटाउन असमर्थ रहेको उनको भनाई छ । उपचारका लागि भर्ना गर्न ढिला भैसके पनि रकम अभावमा लाचार भएर बस्नु बाहेकको विकल्प नभएको उनको दुखेसो छ ।

उनले भनिन्, “मेरो श्रीमान् बाँच्न सक्ने केवल एकमात्र आधार बाँकी छ । सहयोगी हात जुटेर बेलैमा उपचार सम्भव नभए सिन्दुर पुछिने निश्चित छ ।”

दुलालको उपचारमा परिवारले भएको जायजेथो सबै बेचिसकेको छ । परिवार भाडाको घरमा बस्दै आएकोे छ । करिव ६ वर्ष देखि उपचाररत रहेका दुलाललाई लागेको सिभर एप्लाष्टिक एनिमिया नामक रोग अन्तिम स्टेपमा छ । जसको निदानकालागि तत्कालै अन्तिम चरणको उपचारका रुपमा बोनम्यारो ट्रान्सप्लान्टेशन बाहेकको विकल्प नरहेको सरोज बरालले बताए ।

रकम अभावमा उपचार गराउन नसकेका दुलालको हकमा सिएमसी अस्पतालले मृत्यु मिति पूर्वानुमान समेत गरी तोकिदिएको छ । अस्पतालले बढीमा दुई महिना भित्र उपचार नगराइए बिरामीको ज्यान जाने बताएकाले समेत दुलालको परिवार अत्तालिएको छ ।

अस्पतालबाट फर्किएको १५ दिन बितिसकेको छ । परिवारसँग उपचारकालागि कुनै विपल्प बाँकी नभएकाले दुलाललाई बँचाउन दाताहरुको सहयोग अन्तिम आश बनेको शिक्षक समेत रहेका स्थानीय सरोज बरालको भनाई छ । दुलाल बँचाउ अभियानमा जुटेको बताउने बरालले स्थानीयहरुको साथ र सहयोगमा आर्थिक संकलनको कार्य थालिएको बताए ।

विद्यार्थी, शिक्षक मात्रै नभएर स्थानीय युवाका साथै समाजका अगुवा र शुभचिन्तकहरु मिलेर सहयोग संकलनमा जुटेको बशन्त सुवेदीले बताए । उपचारकालागि मोटो रकम आवश्यक पर्ने भएकाले सबैको साथ र सहयोगको खाँचो रहेको उनले बताए ।

सामाजिक उत्तरदायित्व र मानवीय धर्म ठानी उपचार खर्च जुटाउन हिंडेको बताउने आशिष थापाले थोपाथोपा मिलेर समुन्द्र बनेझैं सबैले सकेको सहयोग गरे मृत्युको मुख नजिक पुग्न लागेको बिरामीले जीवनदान पाउने बिश्वास व्यक्त गरे ।

दुलालको उपचारमा सहयोग गर्न चाहनेहरुकालागि राष्ट्रिय बाणिज्य बैंक इनरुवा शाखामा खाता समेत खोलिएको छ । स्वयं बिरामी सरोजकुमार दुलालको नाममा खोलिएको बाणिज्य बैंकको बचत खाता नम्बर २२२००५३४७५१० र जनता बैंक इनरुवाको खाता नम्बर ०१०१०१०७५१०७१०१ मा इक्षाएका व्यक्तिहरुले सहयोग रकम जम्मा गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...