श्रीमतीलाई माइत पुर्‍याएर फर्कँदै गर्दा जीप दुर्घटनामा श्रीमानकाे ज्यान गयो



हाम्रो इकोनोमि

 

तिज मनाउन श्रीमतीलाई माइत पुर्‍याएर फर्कने क्रममा जीप दुर्घटनामा परेर श्रीमानको ज्यान गएको छ ।

श्रीमती र छोरीलाई सदरमुकाम लिबाङबाट रोल्पा नगरपालिका–७ निम्री पुर्‍याएर फर्कने क्रममा भे १ ज ४६५६ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय चालक दिलबहादुर बुढामगरको ज्यान गएको हो ।

हिमताल यातायात प्रालिको जीप सडकबाट २ सय मिटर तल माडी खोलामा खसेको हो । दुर्घटनालगत्तै स्थानीय र प्रहरी घटनास्थल पुगेका थिए ।

वर्खायाममा खोला ठूलो भएकाले जीपभित्र अन्य मानिस भए-नभएको पत्ता लगाउन कठिन भएको प्रहरीको भनाइ छ ।

अल्टड्र खबरबाट

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...