श्रीमान–श्रीमतीको एकसाथ मृत्यु भएपछि एउटै चितामा दागबत्ति



हाम्रो इकोनोमि

 

कालगतीले श्रीमान श्रीमतीको एकै पटक ज्यान जानु अनौठो घटनाका रुपमा मानिन्छ । तर ईलाममा यस्तै एउटा अनौठो घटना भएको छ । करिब ६ घण्टाको अन्तरमा श्रीमान र श्रीमतीको मृत्यु भएपछि एकै चित्तामा राखेर दागबत्ति दिईएको छ ।

ईलामको माइ नगरपालिकामा निवासी ९३ वर्षिय डिल्ली बहादुर थापा र ८७ वर्षिया तोरन कुमारी थापाको एकै दिन मृत्यु भएको छ । उनीहरुको ६ घण्टाको फरकमा निधन भएको उनका आफन्त दिलीप थापा बताउँछन । दुवै जनालाई एउटै चितामा राखेर दागबत्ती दिइएको छ । यसतो अनौठो संयोग कमै मात्र हुने गरेको छ । केही महिनाअघि सुनसरीको इटहरीमा पनि यस्तै घटना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...