शिशुले गर्भमा रहँदा किन लात्तीले हान्छ ?



हाम्रो इकोनोमि

 

शिशु गर्भमा हुर्कदै जाँदा विभिन्न प्रकारका क्रियाकलापहरु गर्छन् । जसमा शिशुले लात्तीले बारम्बार हिर्काएको अनुभव प्रायः सबै आमाहरुले गरेका हुन्छन् । यदि गर्भवती महिलाको पेटमा हात राख्ने हो भने वा हेर्ने हो भने पनि गर्भवती बाहेकका व्यक्तिले पनि यो कुरा थाहा पाउँछन् । बच्चाले लात्तीले हानेको अनुभव गर्भवतीका साथै सम्पूर्ण परिवारको लागि विशेष हुन्छ ।

जब महिला गर्भवती हुन्छिन्, उनमा विभिन्न प्रकारको परिवर्तनहरु आउँछ । समय बित्दै जाँदा त्यस्ता परिवर्तनहरु झन् बढी देखिन थाल्छ । महिलामा देखिएका ती परिवर्तनहरुसँगै उनको पेटमा रहेको शिशुमा पनि विस्तारै परिवर्तनहरु हुन थाल्छ । शिशुले पेटमा लात हान्नु पनि बच्चामा भएको परिवर्तनको उदाहरण हो ।

लात्तीले हिर्काएको अनुभव लिएर सबैले आनन्दको अनुभव त गर्छन्, तर किन शिशुले गर्भमा रहँदा लात्तीले हान्छन् भन्ने सायद कम व्यक्तिलाई मात्र थाहा हुन सक्छ । यदि तपाइर्ंलाई पनि गर्भमा रहेको शिशुले किन लात्तीले हान्छ भन्ने कुराको ज्ञान छैन भने आज हामी जानकारी गराउने छौं ।

बच्चा स्वस्थ हुँदा

१३ देखि २८ हप्ताको बीचमा गर्भवतीको पेट बढेको देखिने र त्यही अवधिमा पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुन्छ । पहिलो पटक गर्भवती भएका महिलाले १८ हप्तामा र पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशुको चाल थाहा पाउँछन् । कसैकसैलाई गर्भवती भएको ९ हप्तामै पनि बच्चा चलेको महसुस हुन्छ । यदि गर्भमा रहेको शिशुले पेटमा लात्तीले हान्छ अथवा त्यस्तै किसिमको कुनै गतिविधि गर्छ भने त्यसको अर्थ शिशु स्वस्थ छ भन्ने बुझ्नु पर्छ ।

सही पोषण र भरपुर ताकत पाउँदा

गर्भवती महिलाले जब केही खान्छिन्, त्यो समयमा शिशुले अलि बढी नै लात्तीले हानेको महसुस हुन्छ । वास्तवमा आमाले खाएको खानाले बच्चालाई ताकत र पोषण तत्व प्राप्त हुन्छ र गर्भमा रहेको शिश चलमलाउँछ । खुट्टा चलाउँदै शिशुले गर्ने गतिविधिलाई हामी लात्तीले हानेको भन्ने गर्छौं ।

गर्भवती बायाँ फर्किँदा

गर्भवती कता कोल्टे परेर सुत्नुपर्छ भन्ने कुरामा पनि ख्याल गर्नुपर्छ । चिकित्सकहरुका अनुसार उत्तानो परेर सुत्नुभन्दा बायाँ कोल्टे परेर सुत्नुपर्छ । बायाँ कोल्टे फर्केर सुत्दा प्लासेन्टामा रगतको प्रवाह सहज हुन्छ । गर्भमा रहेको शिशुमा पनि रक्त आपूर्ति बढ्छ । जसका कारण बच्चाले लात्तीले हान्ने जस्ता गतिविधि गर्छ । एक अध्ययनबाट के पत्ता लागेको छ भने गर्भावस्थाको अन्तिम तीन महिना गर्भवती महिला घोप्टो परेर वा उत्तानो परेरभन्दा वायाँ कोल्टे परेर सुतेमा मृत शिशु जन्मिने सम्भावना कम हुन्छ ।

बाहिरी परिवर्तन महसुुस हुँदा

गर्भमा रहेको शिशुले जब बाहिरी परिवर्तनलाई महसुस गर्न थाल्छ, तब उसले पनि प्रतिक्रिया जनाउँछ । जसका कारण ऊ चलमलाउँछ र पेटमा लात्तीले हानेको महसुस हुन्छ ।

अक्सिजन रोकावट नहुँदा

शिशुले गर्भमा सही तरिकाले अक्सिजन प्राप्त गरेको खण्डमा ऊ स्वस्थ र सक्रिय हुन्छ । यदि गर्भमा रहेको शिशुले लात्तीले हान्ने अथवा अन्य चलमलाउने गर्दैन भने उसलाई अक्सिजन लिन गाह्रो भएको छ वा पर्याप्त अक्सिजन पुगेको छैन भन्ने बुझ्नु पर्छ । यदि गर्भमा शिशु चलेको महसुस हुँदैन भने तुरुन्त चिकित्सककहाँ जानु पर्छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...