यूएईमा केदारको ज्यान गएको खबर सुनेर काकाको समेत निधन, श्रीमती अचेत



हाम्रो इकोनोमि

 

 

माफरक अस्पताल आबुधाबीमा डेढ महिनादेखि उपचार गराइरहेका एक नेपालीको बिहीबार बिहान ज्यान गएको छ । उदयपुर पुरानदहका ३८ वर्षीय केदार कुमार कठायतको ज्यान गएको हो ।

केदारको ज्यान गएको खबर सुनेपछि उहाँका ५१ वर्षीय काका नरेन्द्रबहादुर कठायतको समेत हृदयघातका कारण ज्यान गएको परिवारले जनाएको छ । श्रीमानको ज्यान गएको खबर सुनेर श्रीमती पनि अचेत हुनुहुन्छ।

आबुधाबीमा रहेको सेक्युरिटी मिडिल ईस्ट कम्पनीमा सेक्युरिटीको काम गर्ने केदार डेढ महिना पहिले व्यायाम गर्ने क्रममा अचानक बेहोस भएर लडेपछि साथीले अस्पताल पुर्‍याएका थिए ।

शरीरमा रगत जमेको र एउटा मृगौलाले समेत काम गर्न छोडेको कारण सघन उपचार कक्षमा राखेर उहाँको उपचार भइरहेको थियो । उपचारपछि स्वास्थ्यमा केही सुधार आए पनि दुई दिनअघि फेरि पहिलेजस्तै बेहोश भएपछि डाक्टरले अब बचाउन नसक्ने बताएका थिए ।

त्यसको दुईदिन पछि बिहीबार बिहान केदारको ज्यान गएको उहाँका आफन्त सन्तोष कोइरालाले उज्यालोलाई जानकारी दिनुभयो ।

अहिले उहाँको शव खालिफा अस्पताल आबुधाबीमा सारिएको छ । शव चाँडै नेपाल फर्काउन समन्वय भइरहेको दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीले बताउनुभयो । मृतक केदारको परिवारमा बुवा आमासहित श्रीमती र दुई छोरा छन् ।

उज्यालोअनलाइन बाट

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...