वारी घर पारी विद्यालय: सुनकाेशीमा पुल नहुँदा जंगलमै गाेठ बनाएर बस्छन् विद्यार्थीहरु



हाम्रो इकोनोमि

 

 

रामेछाप र सिन्धुली जोड्ने सुनकोशी नदीमा पुल नहुँदा खाँडादेवी गाउँपालिका–३, भिरपानी कोथवेका बालबालिका जंगलमै बास बसेर विद्यालय जान बाध्य छन् ।

कोथवेमा परम्परादेखि कोशी किनारमा बसोबास गर्दै आएका ६० घरधुरी सिमान्तकृत माझी समुदायका बालबालिका सुनकोशी नदी तरेर छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिका-३, झाँगाझोलीमा रहेको श्री मावि गुटबजारमा जान बाध्य भएका हुन् ।

हिउँदमा पानी संग्लो हुने र कोशी सानो हुँदा ट्युबमार्फत वारपार गर्ने गरे‍ पनि बर्खामा कोशी ठूलो हुनेे हुनाले कोथवेको जंगलमा गोठ बनाएर बास बसी भाेलिपल्ट विद्यालय जान बाध्य भएको कोथवेकी छात्रा शुसीला माझी बताउँछिन् ।

उनले भनिन्, ‘हाम्रो घर कोशीपारी छ, कोशीमा पुल छैन, घर नजिकै माध्यमिक तहको विद्यालय छैन्, धेरै जनाले विद्यालय नजिकै नभएका कारण गाउँमा भएको प्राथमिक तहपछि पढाइ छाडेर बसेका छन् ।’

जंगलको बीचमा रहेको खुल्ला गोठमा माझी समुदायका १३ जना किशोरी बस्ने गरेका र राति डरका कारण को बीचमा सुत्ने भन्ने विषयमा विवाद हुने गरेको श्री माविमा कक्षा १० मा अध्ययनरत छात्रा बिमला माझी बताउँछिन् ।

उनका अनुसार ८ देखि १० कक्षासम्म पढ्ने बालिकाहरुमध्ये २ जना मात्र उमेरले ठूला छन् । रातभर जंगलमा तर्साउने गरेकाले उनीहरु डराउँछन् । जंगलको बीच र एकान्तमा भएकाले कोही केटा मान्छे आउने हो कि भन्ने डर एकातिर हुन्छ भने अर्कोतिर जंगली जनावरले मार्ने हो कि भन्ने डर हुन्छ । उनीहरु रातभर निदाउँदैनन् ।

सुनकोशीमा पुल नहुँदा त्यहाँका माझी समुदाय काठको डुङ्गाबाट वारपार गर्ने गर्दथे । पछिल्लो समय डुङ्गा बनाउने काठ पाइन छाडेपछि उनीहरु ट्युबको माध्यमबाट वारपार गर्दछन् । घर नजिकै पुल नहुँदा त्यहाँका विद्यार्थीहरु २ घण्टा टाढा रहेको भिरपानीको सित्खा भन्ने ठाउँको झोलुँगे पुल तरेर सिन्धुलीको रातामाटामा पढ्न जाने गरेका थिए ।

अहिले पुलतिर जाने गोरेटो बाटो पनि मध्यपहाडी राजमार्ग निर्माणका क्रममा माथिबाट झारेको माटोले अवरुद्ध भएपछि उनीहरु जंगलमा नै बास बस्न बाध्य भएका हुन् । कोशीमा पुल नभएका विषयमा पटकपटक कुरा ‍उठाए पनि नेताहरु चुनाव जितेपछि नफर्किएका कोथवेकी स्थनीय ज्ञानु माझी बताउनुहुन्छ ।

माझी समुदायको खेतीयोग्य जमीन सुनकोशी पारी सिन्धुली जिल्लामा छ । २०३७ सालतिर कोशी सिन्धुली जिल्लाको रातामाटा धार हुँदै बग्ने गरेकाेमा पछि धार परिर्वतन गरेर रामेछापको कोथवेतर्फ गएपछि माझी समुदायको खेतीयोग्य जमीन सिन्धुलीपटि परेको हो । त्यस क्षेत्रमा झण्डै १ हजार रोपनी खेतीयोग्य जमीन रहेको छ ।

कोशीमा पुल नभएर हैरानी खेप्दै आएका माझी समुदायले पुलका लागि गाउँपालिकाको कार्यालयमा निवेदन पेश गरेमा आवश्यक पहल गर्ने खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर तामाङले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...