दशैँका लागि १३ अर्बको नयाँ नोट,कति दिन अगाडी सवर्साधारणले साट्न पाउने यस्तो छ तयारि



हाम्रो इकोनोमि

 

 

नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट बजारमा ल्याउने तयारी शुरु गरेको छ । विगतमा जस्तै यो वर्ष पनि बैंकले आमजनताका लागि नयाँ नोट सटहीका लागि छिटै तयारी गरेको जानकारी दिएको छ ।

यो वर्ष बैंकले १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटहीका लागि बजारमा ल्याउने भएको छ । बैंकले १८ हजार ५ सय रुपैयाँसम्मका खुला नोट माग गर्नेलाई नयाँ नोट तथा सोभन्दा बढी माग गर्नेलाई सुकिला नोट दिने तयारी गरेको बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । कुन–कुन स्थानबाट नयाँ नोट सटही हुने भन्ने विषयमा बैंकले छलफल गरिरहेको उनको भनाइ छ ।

राष्ट्र बैंकले गत वर्षदेखि नै सर्वसाधारणको सहुलियतका लागि राष्ट्रिय पर्वमा नयाँ नोट सटही गर्दै आएको थियो । नव वर्ष, उभौली पर्व, छठ, बुद्ध जयन्ती, क्रिसमस, फाल्गुनन्द जयन्ती, गणतन्त्र दिवस, जनैपूर्णिमा, ल्होसार, इन्द्रजात्रालगायतका राष्ट्रिय पर्वहरुमा नयाँ नोट सटही गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । त्यसअघि दशैँ र तिहारमा मात्रै नयाँ नोट सटही हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...