दशैँका लागि १३ अर्बको नयाँ नोट,कति दिन अगाडी सवर्साधारणले साट्न पाउने यस्तो छ तयारि



हाम्रो इकोनोमि

 

 

नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट बजारमा ल्याउने तयारी शुरु गरेको छ । विगतमा जस्तै यो वर्ष पनि बैंकले आमजनताका लागि नयाँ नोट सटहीका लागि छिटै तयारी गरेको जानकारी दिएको छ ।

यो वर्ष बैंकले १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटहीका लागि बजारमा ल्याउने भएको छ । बैंकले १८ हजार ५ सय रुपैयाँसम्मका खुला नोट माग गर्नेलाई नयाँ नोट तथा सोभन्दा बढी माग गर्नेलाई सुकिला नोट दिने तयारी गरेको बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । कुन–कुन स्थानबाट नयाँ नोट सटही हुने भन्ने विषयमा बैंकले छलफल गरिरहेको उनको भनाइ छ ।

राष्ट्र बैंकले गत वर्षदेखि नै सर्वसाधारणको सहुलियतका लागि राष्ट्रिय पर्वमा नयाँ नोट सटही गर्दै आएको थियो । नव वर्ष, उभौली पर्व, छठ, बुद्ध जयन्ती, क्रिसमस, फाल्गुनन्द जयन्ती, गणतन्त्र दिवस, जनैपूर्णिमा, ल्होसार, इन्द्रजात्रालगायतका राष्ट्रिय पर्वहरुमा नयाँ नोट सटही गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । त्यसअघि दशैँ र तिहारमा मात्रै नयाँ नोट सटही हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...