रानु मण्डललाई सलमान खानले गिफ्ट गरे ५५ लाखको घर, दवंग-३ मा गीत गाउने



हाम्रो इकोनोमि

 

 

लिउड सुपरस्टार सलमान खानले रानु मण्डललाई ५५ लाखको घर गिफ्ट गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मुम्बईको रेलवे स्टेसनमा चर्चीत भारतीय गायिका लता मंगेश्करको गीत ‘एक प्यारका नगमा हैँ’ गाइरहेका बेला एक इन्जिनियर एतिन्द्र चक्रवृतिले उनको भिडियो बनाएर फेसबुकमा हालेपछि उनी रातरात भाइरल भएकी थिइन् । त्यसपछि उनलाई भारतीय गायक हिमेश रेश्मियाले आफुसँगै गीत गाउन लगेका थिए ।

हिमेशको गीत गाएपछि झनै चर्चामा आएकी रानुलाई सलमान खानले एक फ्लाय्ट किनिदिएको जनाइएको छ । टुडेखबरले स्रोलाई उद्रित गरेर लेखेको उल्लेख गर्दै जनसत्ता डटकमले जनाए अनुसार मुम्बईमै सलमानले सो घर गिफ्ट गरेका हुन् । सामाजिक योगदान गर्दै आएका सलमान खानले उनलाई सहयोग गरेको आधिकारीक खबर भने अहिलेसम्म बाहिर आएको छैन् ।

यसका साथै सलमानले रानुलालाई आफ्नो नयाँ फिल्म दवंग–३ मा गीत गाउने मौका समेत जनाइएको छ । अहिले रानु भारतमा मात्रै नभएर विश्वभर नै चर्चामा रहेकी छन् । उनलाई बाहिर समेत गीतका लागि अफर आइरहेका छन् भने भोजपुरी इन्डस्ट्रिबाट समेत गाउनका लागि आफर आएको छ ।

प्रतिक्रिया दिनुहोस
ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...

पूर्णबहादुरले डाके कांग्रेस इतर समूहको बैठक

    नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट नेताहरूको बैठक डाकेका छन् ।...

यस्ता छन मन्त्रिपरिषद्का निर्णयहरू

    सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ...