फेरी रवि लामिछानेविरुद्ध उजुरी



हाम्रो इकोनोमि

 

न्यूज २४ टेलिभिजनमा प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ ।

कञ्चनपुरका पत्रकार खेम भण्डारीले लामिछानेविरुद्ध काउन्सिलमा उजुरी दर्ता गरेका हुन् ।

कञ्चनपुरकी भीमदत्तनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित कार्यक्रममा आफूलाई बोलाएर पत्रकार आचारसंहिताको उल्लंघन हुने गरी कार्यक्रम प्रसारण गरेको भन्दै भण्डारीले लामिछानेविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

‘…रवि लामिछानेले पत्रकारिताका आधारभूत सिद्धान्त, मान्यता, विश्वव्यापी रुपमा प्रचलित आचारसंहिता तथा देशभित्रकै आचारसंहिताको नग्न उल्लंघन गर्दै मलाई बदनाम गर्ने तथा निर्मला प्रकरणलाई दवाउन भइरहेका विभिन्न प्रयासलाई सघाउने काममा मतियारको भूमिका गरेका छन्,’ भण्डारीले काउन्सिलमा दर्ता गरेको उजुरीमा भनेका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित रहेर साउन २१ गते प्रसारित कार्यक्रममा आफूलाई मात्र ‘गेस्ट’को रुपमा बोलाउनुपर्ने शर्तको उल्लंघन गरिएको पनि भण्डारीको आरोप छ ।

भण्डारीका अनुसार ‘सिधा कुरा जनतासँग कार्यक्रम’को टिमले २०७६ साउन ११ गतेबाट निर्मला प्रकरणकाबारे सामग्री प्रस्तुत गरिएको थियो । १६ साउन २०७६ को कार्यक्रममा आफ्ना फेसबुक स्टाटस तथा आफू सम्पादक रहेको अखबारका विषयलाई लिएर असन्तुलित तथा एकतर्फी सामग्री प्रस्तुत गरिएको पनि भण्डारीको आरोप छ ।

  साभार अल्टट् खबरबाट

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...