कक्षा ९ पढ्दादेखि नै सम्झनासँग प्रेम गरेका थिए शालिकले, मर्नु अघि ससुरासँग यस्तो गुनासो गरेका रहेछन्



हाम्रो इकोनोमि

 

चितवनको नारयणगढ स्थित होटल कंगारुमा साउन २० गते आत्महत्या गरेका शालिकराम पुणासैनीको एकपछि अर्को पोल खुल्दै गइरहेका छन् । घरमा श्रीमती हुँदा हुँदै बाहिर प्रेमीकालाई राख्ने कोठा नै खोज्नु, श्रीमती सम्झनालाई प्रेम विबाह गरेर पनि विस्तारै उनीबाट टाढिदै जानु लगायतका भित्री रहस्यहरु उनको मृत्युपछि अहिले बाहिर आएका छन् ।

शालिककी पत्नि सम्झनाका बुबाका अनुसार उनीहरुले लामो समय प्रेम गरेपछि विबाह गरेका हुन् । सम्झनाका बुबा जनक घिमिरेका अनुसार ‘नुवाकोटको बेलकोटगढी९३ स्थित वीरेन्द्र माध्यमिक विद्यालयमा पढ्थे शालिकले कक्षा ९ मा नै अध्ययन गर्दा सम्झनासँग प्रेम गरेको र केही समयपछि उनीहरुको पारिवारिक सहमतीमा नै विबाह गरिएको बेलकोटगढी–३ का वडाध्यक्षसमेत रहेका सम्झनाका बुबा जनककुमार घिमिरे बताउँछन् ।

सम्झनाका बुबा जनक भन्छन् प्रेमको हल्लाचलेपछि उनी परिवार सहित माग्न आए हामीले दियौँ । बिहेपछि उनीहरूबीच तनाव भएको थियो रे तर मैले कहिल्यै पनि जानकारी पाइन । ‘ज्वाइँले पैसामा तनाव छ भन्थे, तनाव छ भने जागीर छोडिदेउ भनेको थिएँ तर उनले जीवन नै छोडोर गए ।

शालिकले मर्दामर्दै खिचेको भिडियोका कारण अहिले रवि लामिछाने, युवराज कँडेल, अस्मिता कार्की रुकुहरुले ११ दिन लामो हिरासत बसाई पछि अहिले धरौटि र साधारण तारिखमा रिहा भएका छन् । शालिकले रवि लगायतलाई आफ्नो आत्महत्याको दोषी भनेको भिडियोमा उनले पत्नि सम्झनालाई बच्चा नभएको विषय पनि उठाएका छन् ।

  साभार अल्टट् खबरबाट

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...