घाईते भेट्न रवि लामिछाने चितवनका अस्पतालमा, घाइतेसंग बसेर साटे सुख दुःख (हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

 

 

रवि लामिछाने प्रहरीको हिरासत मुक्त भएसँगै आफ्नो विचार राख्न थालेका छन् । सोमबार चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका उनले आफू हिरासतमा परेपछिको अवस्थाकाबारे आफ्नो धारणा राखेका छन् । टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफु राजनीतिमा जान इच्छुक नरहेपनि आवश्यकता अनुसार जान सक्ने बताएका छन् । उनले राजनीतिमा आउने ढोकाको चुक्कुल मात्रै लागेको तर ताला भने नलागेको प्रतिक्रिया दिए ।

पत्रकार शालिकराम पुडासैनीको मृ त्यु प्रकरणमा दुरुत्साहन मुद्धामा धरौटीमा रिहा भएको भोलिपल्ट आज चितवनमा पत्रकार भेटघाटमा लामिछाने अहिले गरिरहेको सञ्चार पेशाबाट नै केही परिवर्तन ल्याउन सक्नेमा आफु विश्वस्त रहेको बताए । उनले आफुले पैसा कमाउन सञ्चार पेशामा नआएको भन्दै कहीं कतै पैसाको लेनदेन गरेको प्रमाण भेटिए आफु सञ्चार क्षेत्रबाट बिदा हुने र कानुन अनुसार कारबाही भोग्न तयार रहेको प्रष्ट पारे ।

अर्का सञ्चारकर्मी युवराज कँडेलले आवाज नसुनिएकाहरुको आवाज सुनाउने अभियानमा अझ खरो रुपमा प्रस्तुत हुने बताए । उनु भयो । उनले आफ्ना समर्थक र न्याय खोजेकाहरुलाई निराश नबनाउने र आगामी दिनमा अझ मेहनत गर्ने अठोट व्यक्त गरे ।

लामिछानेले आजै अस्पताल गएर प्रदर्शनका क्रममा भएका घाइतेहरुलाई समेत भेट गरेका थिए । घाइतेहरुलाई भेटेर सिघ्र स्वास्थ लाभको कामना पनि गरेका छन् । रविले मंगलबार दिउँसो २ बजे नारायणी नदी छेउमा समर्थकहरुलाई प्रत्यक्ष रुपमा धन्यवाद दिन कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...