घाईते भेट्न रवि लामिछाने चितवनका अस्पतालमा, घाइतेसंग बसेर साटे सुख दुःख (हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

 

 

रवि लामिछाने प्रहरीको हिरासत मुक्त भएसँगै आफ्नो विचार राख्न थालेका छन् । सोमबार चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका उनले आफू हिरासतमा परेपछिको अवस्थाकाबारे आफ्नो धारणा राखेका छन् । टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफु राजनीतिमा जान इच्छुक नरहेपनि आवश्यकता अनुसार जान सक्ने बताएका छन् । उनले राजनीतिमा आउने ढोकाको चुक्कुल मात्रै लागेको तर ताला भने नलागेको प्रतिक्रिया दिए ।

पत्रकार शालिकराम पुडासैनीको मृ त्यु प्रकरणमा दुरुत्साहन मुद्धामा धरौटीमा रिहा भएको भोलिपल्ट आज चितवनमा पत्रकार भेटघाटमा लामिछाने अहिले गरिरहेको सञ्चार पेशाबाट नै केही परिवर्तन ल्याउन सक्नेमा आफु विश्वस्त रहेको बताए । उनले आफुले पैसा कमाउन सञ्चार पेशामा नआएको भन्दै कहीं कतै पैसाको लेनदेन गरेको प्रमाण भेटिए आफु सञ्चार क्षेत्रबाट बिदा हुने र कानुन अनुसार कारबाही भोग्न तयार रहेको प्रष्ट पारे ।

अर्का सञ्चारकर्मी युवराज कँडेलले आवाज नसुनिएकाहरुको आवाज सुनाउने अभियानमा अझ खरो रुपमा प्रस्तुत हुने बताए । उनु भयो । उनले आफ्ना समर्थक र न्याय खोजेकाहरुलाई निराश नबनाउने र आगामी दिनमा अझ मेहनत गर्ने अठोट व्यक्त गरे ।

लामिछानेले आजै अस्पताल गएर प्रदर्शनका क्रममा भएका घाइतेहरुलाई समेत भेट गरेका थिए । घाइतेहरुलाई भेटेर सिघ्र स्वास्थ लाभको कामना पनि गरेका छन् । रविले मंगलबार दिउँसो २ बजे नारायणी नदी छेउमा समर्थकहरुलाई प्रत्यक्ष रुपमा धन्यवाद दिन कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...