म राजनीतिमा आउने ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन–रवि लामिछाने



हाम्रो इकोनोमि

 

अदालतको आदेशबाट ५ लाख धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफ्नो पहिलो प्राथमिकता पत्रकारिता भएपनि राजनीतिमा आउने बिकल्प खुल्ला रहेको बताएका छन् । हिरासतबाट रिहा भएपछि मंगलबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले राजनीतिमा आउने संकेत गरे ।

‘मेरो पहिलो प्राथमिकता पत्रकारिता नै हो, तर राजनीतिमा आउने विकल्प पनि खुल्ला छ’ रविले भने ‘म राजनीतिमा आउने सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’ हिरासत जानुभन्दा अघि रवि राजनीतिमा आउने कुनै कल्पना गरेका थिएनन् । हिरासतमा पुगेपछि उनले देशभर आफ्ना निकै प्रसंसक भएको देखे । त्यसपछि उनको मन राजनीतितिर पनि केन्द्रीत हुन थालेको छ ।

१० दिनको हिरासत बासपछि रवि लामिछानेसहित तीन जना सोमबार साँझ मुक्त भएका थिए । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उनीहरुलाई पक्राउ गरी हिरासतमा राखिएको थियो । ‘मेरा लागि हिरासतको बसाई नयाँ अनुभव हो’ उनले भने ‘हिरासतमा बसेका अन्य कैदीहरु कसरी आफुलाई जष्टीफाइ गर्दछन् त्यो बुझन पाएँ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...