यिनै हुन् रवि लामिछानेलाइ न्याए दिने चितवनका मुख्य न्यायाधीश हेमन्त रावल, जस्ले भिडियोको वास्तविकता बुझे



हाम्रो इकोनोमि

 

पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा दुरुत्साहन कसुरमा मुद्दा चलाइएका चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई चितवनका मुख्य न्यायाधीश हेमन्त रावलले पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिए । अभियुक्त बनाइएका बाँकी दुईमध्ये पत्रकार युवराज कँडेलसँग तीन लाख रुपैयाँ धरौटी मागिएको छ भने शालिकरामकी प्रेमिका भनिएकी अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी छिन्। यीमध्ये पनि अस्मिता साधारण तारेखमा छुट्नुले उनले अभियोगबाट ठूलो राहत पाउने छिन्। यद्यपि चितवन जिल्ला सरकारी वकिल कार्यालयले न्यायाधीश रावलको थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न सक्ने छ।

प्रमाण भेटिएपनि थुनामै राख्नु नपर्ने लागेमा धरौटी माग्ने चलन छ। प्रमाण नभेटिएमा साधारण तारेखमा छाड्ने चलन छ। धरौटी माग्नुले रवि र युवराजविरुद्ध लागेको अभियोगमा प्रमाण छ भन्ने अर्थ पनि हो। यसले गर्दा मुद्दाको अन्तिम किनारा वा फैसला नहुँदासम्म रविसहित तीनै जनाले सफाई पाएको भन्ने अर्थ भने लाग्ने छैन।रविको रिहाइ भएपछि सामाजिक संजालमा बिभिन्न कलाकारहरुले खुसि मनाएर फेसबुक वालमा रविलाई शुभकामना दिएका छन् ।

यसै क्रममा कलाकार मदनकृष्णले पनि रविको रिहाइ पछि खुसि मनाउदै आफ्नो फेसबुक वालमा चितवनका मुख्य न्यायाधीश हेमन्त रावलको तस्विर राखेर खुसि प्रकट गरेका छन् । उनले भनेका छन्: “रबि लामिछानेलाई न्याय दिनुहुने न्यायमूर्ती श्रीमान हेमन्त रावलज्यू प्रति मुरी मुरी धन्यबाद ज्ञापन गर्दछु।” “न्यायका लागि चितौनको सडकमै उत्रिनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुप्रति शिर झुकाएर प्रणाम गर्दछु तथा रबि लामिछाने भाईलाई हार्दिक बधाई दिन चाहन्छु।”

उनले अघि थपेका छन्, ” नेपालको कानुनको जुन धारा, उपधाराले रबिलाई झन्डै फसाउन लागिएको थियो त्यो धाराउपधारा सबै भन्दा बढी रिस्की अदालतका न्यायमुर्तीहरुलाई पो देख्छु म त।” यदि कुनै मुद्दा हार्ने ब्यक्तीले मलाई फलानो न्यायधिशले अन्यायपूर्बक हराई दिएको कारण मैले अा त्मह त्या गरेक‍ो हुँ। त्यसैले फलाना फलाना न्यायधिश र फलाना फलाना अधिबक्ताहरुलाई कडा भन्दा कडा सजायँ दिएमा मेरो अात्माले शान्ति पाउने छ लेखेर गएको फेला पर्यो भने के गर्ने होला? उनले प्रश्न गरेका छन् ।

उनले अघि भनेका छन्, कानुनको त्यो धारालाई जति सकिन्छ छिटो सच्याउनु बेशै होला। काम गर्दा गल्तीहरु भेटिन्छन त्यसलाई सच्याउँदै अगाडी बढ्दै जानु लोकतन्त्रको सुन्दर पक्ष हो। अब उनको स्टाटस जस्ताको तस्तै तल पढ्नुहोस

रवि लामिछानेलाई न्याय दिनुहुने न्यायमूर्ती श्री मान हेमन्त रावलज्यू प्रति मुरी मुरी धन्यबाद ज्ञापन गर्दछु। न्यायका लागि चितौनको सडकमै उत्रिनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुप्रति शिर झुकाएर प्रणाम गर्दछु तथा रबि लामिछाने भाईलाई हार्दिक बधाई दिन चाहन्छु।

एउटा कुरा, नेपालको कानुनको जुन धारा, उपधाराले रबिलाई झन्डै फसाउन लागिएको थियो त्यो धाराउपधारा सबै भन्दा बढी Risky अदालतका न्यायमुर्तीहरुलाई पो देख्छु म त। किनभने मुद्दा छिन्दा एक पक्षलाई जिताउँदै अर्को एक पक्ष हराउनै पर्छ।यदि कुनै मुद्दा हार्ने ब्यक्तीले मलाई फलानो न्यायधिशले अन्यायपूर्बक हराई दिएको कारण मैले अा त्मह त्या गरेक‍ो हुँ। त्यसैले फलाना फलाना न्यायधिश र फलाना फलाना अधिबक्ताहरुलाई कडा भन्दा कडा सजायँ दिएमा मेरो अात्माले शान्ति पाउने छ लेखेर गएको फेला पर्यो भने के गर्ने होला लौ… त्यसैले कानुनको त्यो धारालाई जति सकिन्छ छिटो सच्याउनु बेशै होला। काम गर्दा गल्तीहरु भेटिन्छन त्यसलाई सच्याउँदै अगाडी बढ्दै जानु लोकतन्त्रको सुन्दर पक्ष हो।

प्रतिक्रिया दिनुहोस
दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...

जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल

  नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा...

एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...