यी पत्रकारले गरेको यस्तो एक कार्यले विश्वभर तारिफ



हाम्रो इकोनोमि

 

कोही राम्रो कर्म गरेर चर्चामा आउँछन् भने कोही चर्चाकै लागि अनेक फण्डा अपनाउँछन् । केही दिन यता एक पाकिस्तानी पत्रकारको चौतर्फी प्रसंशा भइरहेको छ । उनी आफ्नो कर्मका कारण चर्चामा आएका हुन् । केही दिन अघि पाकिस्तानमा आएको बाढीको रिपोर्टिङमा खटिएका ती पत्रकारले पानीमै डुबेर भए पनि आफ्नो कामलाई छाडेनन् । जुन विषय अहिले सामाजिक सञ्जालमा चर्चित बनेको हो ।

केहीले रिपोर्टरको प्रशंसा गरेका छन् भने केहीले ट्रोल समेत बनाएका छन् । भारत र पाकिस्तानमा यो भिडियोलाई रमाइलो भिडियोको रुपमा सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । केहीले भने पत्रकारले आफ्नो जीवन नै खतरामा पारेर पत्रकारिता गरेको भनेका छन् । पाकिस्तानी पत्रकार अजदर हुसैनले जिओ टिभीका लागि रिपोर्टिङ गरेका हुन् । पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने सिन्ध नदीको जलस्तरका विषयमा उनले रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...