यी पत्रकारले गरेको यस्तो एक कार्यले विश्वभर तारिफ



हाम्रो इकोनोमि

 

कोही राम्रो कर्म गरेर चर्चामा आउँछन् भने कोही चर्चाकै लागि अनेक फण्डा अपनाउँछन् । केही दिन यता एक पाकिस्तानी पत्रकारको चौतर्फी प्रसंशा भइरहेको छ । उनी आफ्नो कर्मका कारण चर्चामा आएका हुन् । केही दिन अघि पाकिस्तानमा आएको बाढीको रिपोर्टिङमा खटिएका ती पत्रकारले पानीमै डुबेर भए पनि आफ्नो कामलाई छाडेनन् । जुन विषय अहिले सामाजिक सञ्जालमा चर्चित बनेको हो ।

केहीले रिपोर्टरको प्रशंसा गरेका छन् भने केहीले ट्रोल समेत बनाएका छन् । भारत र पाकिस्तानमा यो भिडियोलाई रमाइलो भिडियोको रुपमा सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । केहीले भने पत्रकारले आफ्नो जीवन नै खतरामा पारेर पत्रकारिता गरेको भनेका छन् । पाकिस्तानी पत्रकार अजदर हुसैनले जिओ टिभीका लागि रिपोर्टिङ गरेका हुन् । पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने सिन्ध नदीको जलस्तरका विषयमा उनले रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...