सुवेदीले कहाँ पोखाउदैछन् आफ्नो पिर



हाम्रो इकोनोमि

 

हिन्दू नारीहरुको महान चाड हरितालिका तीज आउन ८ दिन मात्र बाँकी छ । तीजको अवसरमा नेपाली महिलाहरुले आफ्नो पिडा गीतका माध्यमबाट प्रस्तुत गर्ने गरेका छन् । यसै सन्दर्भमा नानु रेग्मी सुवेदीले पनि आफ्नो पिडा गीतमार्फत प्रस्तुत गरेका छन् । उनले पहिलेको वर्ष पनि गीत लेखेर रै आफ्नो पिडा यसरी नै पोखेका थिए हेर्नुहोस रेग्मीको सिर्जना जस्ताको तस्तै :

 

मैदान पर्यो तराई सगरमाथा देशको शिर

कहाँ गएर पोखु मैले यो मनको पिर ?

बाबालाई भनुभने बाबा रोगि हुनुभो

आमालाई भनुभने पैलै रुनुभो

दाजुलाई भनुभने भाउजू हुने बिचमा

जानपनि नपाइएला फेरि तिजमा

भाइलाई भनुभने बुहारीको खटन

जानेआउने नगर्दानि सुन्छु बचन

दिदीलाई भनुभने पराई घर जानुभो

बहिनीलाई भनुभने सानी बरिलै

सासु र ससुरा बृद्द रोगि कमजोरी

जेठाजु र देवरको कुरै नगरी

आमाजू र नन्द ज्यू त्यसै ठूलाघरका

कठै कसले बुझिदेला हाम्रो मर्का ?

पतिदेवलाई भनुभने पिर पर्ला झनसारो

पोखिने ठाउँ नहुदा पर्ने भो गारो

हामी चेली जम्मा भयौं तिजको गित गाउनलाई

मनाईने चाड हो रे दुख पोख्नलाई

दाजुभाई दिदी बहिनी मनमा कुरा गुन्दिनु

दुखि हामी चेलीको कुरा बुझ्दिनु

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...