भक्तपुरमा चाेरी गरेकाे अभियाेगमा दीपक गिरीसिहत तीन जना पक्राउ



हाम्रो इकोनोमि

 

भक्तपुर जिल्लाको चागुँनारायण नगरपालिका वडा नं. ८ सुडालको रानीबारीबाट विभिन्न्न गरगहना सहित रकम चोरी गरी भाग्दै गरेका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं. १ घर भई हाल भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक बस्ने २३ वर्षीय दीपक गिरी र चाँगुनारायण नगपालिका वडा नं. ६ का बुद्ध तामाङ रहेको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक(डिएसपी) चक्रराज जोशीले जानकारी दिए ।

चागुँनारायण नगरपालिका वडा नं. ८ सुडालको रानीबारीमा रहेको सुमन खत्रीको घरबाट करीब ५ तोला सुनका बिभिन्न्न गरगहना, ५ थान मोबाइल, एक थान घडी, २ थान पेन ड्राइभ र ७ हजार ७ सय ९० रुपैयाँ नगद बराबरको धनमाल चोरी गरी भाग्दै गरेका गिरीलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

तामाङलाई भक्तपुरको कमलविनायकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ९ नंखेलस्थित श्रीराम श्यामाजुले खेतमा काम गर्ने क्रममा खेतको आलीमा राखेको नगदसहित विभिन्न कागजातको झोला चोरी गर्ने एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तु मोतिपुर नगरपालिका वडा नं.७ कोइलिबनगाईका २० वर्षीय सुशील कुसुवार रहेका छन् ।

उनीबाट बरामद भएका सामानहरु एउटा कालो रंगको ल्यावटपको झोला, एउटा घडी, २ थान एटिएम कार्ड, एक थान पर्स, २ थान पेनड्राइभ, जलेका विभिन्न कागजातका टुक्राहरू, नेपाली रुपियाँ २ सय, अमेरिकी डलर एक थानलगायतका विभिन्न सामान तथा रुपियाँ रहेको डिएसपी जोशीले बताए ।

पक्राउ परेका अभियुक्त शुशिल कुसुवारलाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको छ ।

    साभार दैनिक नेपालबाट

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...