भक्तपुरमा चाेरी गरेकाे अभियाेगमा दीपक गिरीसिहत तीन जना पक्राउ



हाम्रो इकोनोमि

 

भक्तपुर जिल्लाको चागुँनारायण नगरपालिका वडा नं. ८ सुडालको रानीबारीबाट विभिन्न्न गरगहना सहित रकम चोरी गरी भाग्दै गरेका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं. १ घर भई हाल भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक बस्ने २३ वर्षीय दीपक गिरी र चाँगुनारायण नगपालिका वडा नं. ६ का बुद्ध तामाङ रहेको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक(डिएसपी) चक्रराज जोशीले जानकारी दिए ।

चागुँनारायण नगरपालिका वडा नं. ८ सुडालको रानीबारीमा रहेको सुमन खत्रीको घरबाट करीब ५ तोला सुनका बिभिन्न्न गरगहना, ५ थान मोबाइल, एक थान घडी, २ थान पेन ड्राइभ र ७ हजार ७ सय ९० रुपैयाँ नगद बराबरको धनमाल चोरी गरी भाग्दै गरेका गिरीलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

तामाङलाई भक्तपुरको कमलविनायकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ९ नंखेलस्थित श्रीराम श्यामाजुले खेतमा काम गर्ने क्रममा खेतको आलीमा राखेको नगदसहित विभिन्न कागजातको झोला चोरी गर्ने एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तु मोतिपुर नगरपालिका वडा नं.७ कोइलिबनगाईका २० वर्षीय सुशील कुसुवार रहेका छन् ।

उनीबाट बरामद भएका सामानहरु एउटा कालो रंगको ल्यावटपको झोला, एउटा घडी, २ थान एटिएम कार्ड, एक थान पर्स, २ थान पेनड्राइभ, जलेका विभिन्न कागजातका टुक्राहरू, नेपाली रुपियाँ २ सय, अमेरिकी डलर एक थानलगायतका विभिन्न सामान तथा रुपियाँ रहेको डिएसपी जोशीले बताए ।

पक्राउ परेका अभियुक्त शुशिल कुसुवारलाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको छ ।

    साभार दैनिक नेपालबाट

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...