नुवाकोटमा भालुको आक्रमणमा परी एक गम्भीर घाइते



हाम्रो इकोनोमि

 

नुवाकोटका एक युवा भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मजुवाका १६ वर्षीय प्रकाश तामाङ भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन । भालुको आक्रमणमा परी गम्भीर घाइते भएका उनको बुधबार नुवाकोटबाट काठमाडौँ लयाइ महाराजगञ्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार सुरू भएको छ ।

उनको अवस्था खतरामुक्त रहेपनि उपचार जटिल रहेको चिकित्सकले बतएका छन । घाइते भेट्न शिक्षण अस्पताल पुगेका नेकपाका नेता नवराज तिवारीले जनताले पटक पटक जंगली जनावरको कारण दुःख पाइरहेको भन्दै यसको स्थायी समाधानका लागि सरकारले ध्यान दिनुपर्ने बताए । उनले उपचारका निम्ति सरकारले नै सहयोग गर्नुपर्ने भन्दै आफूले समेत पहल गर्ने बताए । दिउँसो बारीमा घाँस काट्न गएका बेला तामाङ भालुको आक्रमणमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...