जीप दुर्घटना



हाम्रो इकोनोमि

 

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना भएकाे छ । दुर्घटनामा परी ३ जनाकाे निधन भएकाे छ ।

रामारोशन गाउँपालिकाकाे मुजाबगरबाट जयगढतर्फ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप जयगढ माझेठाना सडक खण्डअन्तर्गत सुकिबाग डिल्ली बजार नजिक दुर्घटना भएकाे हाे । बुधबार साँझ जिप सडकबाट करिब ५ सय मिटर तल खसेकाे जनाइएकाे छ । दुर्घटनामा परी १ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने २ जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका- ४ का अशोक परियार र कालु सिं आउजी तथा बैतडी घर भएका लालबहादुर बोहरा रहेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।

साे घटनामा परी घाइते हुनेमा बान्नीगढ जयगढ गाउँपालिका- ४ तिमिसेनका तर्कराज तिमिल्सेना, कैलालीका जन्जीर चौधरी र घनश्याम चौधरी रहेका छन् । उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

  अल्टट्र खबरबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...