जीप दुर्घटना



हाम्रो इकोनोमि

 

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना भएकाे छ । दुर्घटनामा परी ३ जनाकाे निधन भएकाे छ ।

रामारोशन गाउँपालिकाकाे मुजाबगरबाट जयगढतर्फ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप जयगढ माझेठाना सडक खण्डअन्तर्गत सुकिबाग डिल्ली बजार नजिक दुर्घटना भएकाे हाे । बुधबार साँझ जिप सडकबाट करिब ५ सय मिटर तल खसेकाे जनाइएकाे छ । दुर्घटनामा परी १ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने २ जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका- ४ का अशोक परियार र कालु सिं आउजी तथा बैतडी घर भएका लालबहादुर बोहरा रहेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।

साे घटनामा परी घाइते हुनेमा बान्नीगढ जयगढ गाउँपालिका- ४ तिमिसेनका तर्कराज तिमिल्सेना, कैलालीका जन्जीर चौधरी र घनश्याम चौधरी रहेका छन् । उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

  अल्टट्र खबरबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...