काठमाडौं नयाँ बस पार्कको एक होटलमा निर्बस्त्र अवस्थामा महिला र पुरुषको शव



हाम्रो इकोनोमि

 

काठमाडौंको नयाँ बसपार्कमा रहेको मोरङ पर्वत गेस्ट हाउसमा एक महिला र एक पुरुषको शव भेटिएको छ ।

होटलको १११ नंबरको कोठामा नग्न अवस्थामा एक जोडी शव भेटिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले बताएका छन् । प्रसाईंका अनुसार मृतकमध्ये एक चितवनका ३७ वर्षीय यमबहादुर मगर र अर्की महिला मकवानपुरकी ३० वर्षीया सबिना बजगाईं रहेका छन् ।

मृतकको बारेमा घटनास्थलबाट मुचुल्का उठाएर अनुसन्धान थालिएको पनि उनले बताएका छन् । डीएसपी फणिन्द्र प्रसाईंका अनुसार युवतीले ‘कट्टु मात्र लगाएको अवस्थामा वेडमा र नग्न अवस्थामा युवक पनि त्यही भेटिएको हो । होटल सन्चालकका अनुसार उनीहरु मंगलबार राति ११ बजे होटल कोठा बुकिङ गरेर पसेका थिए ।

विहान खान खान बोलाउँदा पनि खुलेलेकोले दिउँसो प्रहरी बोलाएर होटलको ढोका खोल्दा उनीहरु मृत भेटिएका हुन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

अल्टट्र खबरबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...