काठमाडौं नयाँ बस पार्कको एक होटलमा निर्बस्त्र अवस्थामा महिला र पुरुषको शव



हाम्रो इकोनोमि

 

काठमाडौंको नयाँ बसपार्कमा रहेको मोरङ पर्वत गेस्ट हाउसमा एक महिला र एक पुरुषको शव भेटिएको छ ।

होटलको १११ नंबरको कोठामा नग्न अवस्थामा एक जोडी शव भेटिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले बताएका छन् । प्रसाईंका अनुसार मृतकमध्ये एक चितवनका ३७ वर्षीय यमबहादुर मगर र अर्की महिला मकवानपुरकी ३० वर्षीया सबिना बजगाईं रहेका छन् ।

मृतकको बारेमा घटनास्थलबाट मुचुल्का उठाएर अनुसन्धान थालिएको पनि उनले बताएका छन् । डीएसपी फणिन्द्र प्रसाईंका अनुसार युवतीले ‘कट्टु मात्र लगाएको अवस्थामा वेडमा र नग्न अवस्थामा युवक पनि त्यही भेटिएको हो । होटल सन्चालकका अनुसार उनीहरु मंगलबार राति ११ बजे होटल कोठा बुकिङ गरेर पसेका थिए ।

विहान खान खान बोलाउँदा पनि खुलेलेकोले दिउँसो प्रहरी बोलाएर होटलको ढोका खोल्दा उनीहरु मृत भेटिएका हुन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

अल्टट्र खबरबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...