सहयोगका लागि उडेको हेलिकोप्टर दुर्घटनाग्रस्त



हाम्रो इकोनोमि

 

 

राहत लिएर गएको विमान दुर्घटनामा पर्दा ३ जनाको ज्यान गएको छ । भारत उत्तराखन्डको उत्तरकाशीमा एक हेलिकोप्टर दुर्घटनामा परेको हो । यो दुर्घटनामा विमान चालकसहित ३ जनाले ज्यान गुमाएका छन् ।

निजी कम्पनीको यो हेलिकोप्टर यहाँ बाढीपिडितका लागि राहत लिएर आएको थियो । आपद प्रबन्धन विभागका अधिकारी देवेन्द्र पटवाल दिएको जानकारी अनुसार हेलिकोप्टर मोरीबाट राहत सामग्री लिएर मोल्दीतर्फ लागेको थियो । राहत दिएर फर्कदै गर्दा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण कार्यमा संलग्न भारत–तिब्बत सीमा प्रहरीले हेलिकोप्टर दुर्घटनामा परेको देखेका थिए । मृतकहरुको परिचय खुल्न सकेको छैन । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उत्तरकाशी मोरी तहसीलको अराकोट, माकुड़ी र तिकोचीमा केही स्थानमा चट्याङ परेको थियो ।

यो बीचमा यी क्षेत्रमा आएको बाढीपहिरोले २१ जनाले ज्यान गुमाएका छन् । २५ भन्दा धेरै घर बाढीले बगाएको बताइएको छ । यस क्षेत्रमा हजारौं मानिस फसेका छन् । यस वर्ष वर्षायाममा आएको बाढीपहिराले अहिलेसम्म ३५ भन्दा धेरैको मृत्यु भइसकेको छ ।

पछिल्लो दिनमा लगातार भइरहेको वर्षाले यहाँका नदिहरुमा पानीको बहाव लगातार बढ्दै गइरहेको छ । मंगलवार मुख्यमंत्री त्रिवेन्द्र सिंह रावत मोरी ब्लकको निरीक्षण गरे यहाँ १६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...