सहयोगका लागि उडेको हेलिकोप्टर दुर्घटनाग्रस्त



हाम्रो इकोनोमि

 

 

राहत लिएर गएको विमान दुर्घटनामा पर्दा ३ जनाको ज्यान गएको छ । भारत उत्तराखन्डको उत्तरकाशीमा एक हेलिकोप्टर दुर्घटनामा परेको हो । यो दुर्घटनामा विमान चालकसहित ३ जनाले ज्यान गुमाएका छन् ।

निजी कम्पनीको यो हेलिकोप्टर यहाँ बाढीपिडितका लागि राहत लिएर आएको थियो । आपद प्रबन्धन विभागका अधिकारी देवेन्द्र पटवाल दिएको जानकारी अनुसार हेलिकोप्टर मोरीबाट राहत सामग्री लिएर मोल्दीतर्फ लागेको थियो । राहत दिएर फर्कदै गर्दा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण कार्यमा संलग्न भारत–तिब्बत सीमा प्रहरीले हेलिकोप्टर दुर्घटनामा परेको देखेका थिए । मृतकहरुको परिचय खुल्न सकेको छैन । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उत्तरकाशी मोरी तहसीलको अराकोट, माकुड़ी र तिकोचीमा केही स्थानमा चट्याङ परेको थियो ।

यो बीचमा यी क्षेत्रमा आएको बाढीपहिरोले २१ जनाले ज्यान गुमाएका छन् । २५ भन्दा धेरै घर बाढीले बगाएको बताइएको छ । यस क्षेत्रमा हजारौं मानिस फसेका छन् । यस वर्ष वर्षायाममा आएको बाढीपहिराले अहिलेसम्म ३५ भन्दा धेरैको मृत्यु भइसकेको छ ।

पछिल्लो दिनमा लगातार भइरहेको वर्षाले यहाँका नदिहरुमा पानीको बहाव लगातार बढ्दै गइरहेको छ । मंगलवार मुख्यमंत्री त्रिवेन्द्र सिंह रावत मोरी ब्लकको निरीक्षण गरे यहाँ १६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे

    सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको...

देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...