भिडियो लिक भएको कारण एस पि मल्ल पनि अनुसन्धानको घेरामा तानिने संकेत ,



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्माले सञ्चारकर्मी रवि लामिछानेलाई पक्राउ गर्दा प्रयोग गरिएको व्यवहारलाई लिएर असहमति जनाउदै कुनै उजुरी वा किटानीविना नै सञ्चारगृहभित्रै प्रवेश गरेर पक्राउ गर्नु गल्ती भएको टिप्पणी गरेका छन् । संचारकर्मीसंग कुरा गर्दै पूर्व एआइजी शर्माले शालिकराम पुडासैनी प्रकरणको ‘भिडियो लिक’ भएको सम्बन्धमा पनि प्रहरीलाई उम्कने ठाउँ नरहेको जिकिर गरेका छन् ।

घटनाबारे लगाइएको आरोपलाई लिएर रविजीले प्रहरी अनुसन्धानलाई सहयोग गर्ने र दोषी देखिए कारवाही भोग्ने नैतिक साहस देखाइसकेको अवस्थामा जुन तरिकाले एक सामाजिक प्रतिष्ठा भएका मान्छेलाई त्यसरी संचारगृहभित्र पसेर लगियो, त्यस्तो गर्नु गलत भएको उनले बताएका छन् । उनले प्रहरीको अनुसन्धान जस भन्दा बढी अपजस कमाउने ठाउँ बनेको गुनासो गर्दै रवि लामिछानेको अनुसन्धान प्रक्रियामा केही गल्तीहरु भएको टिप्पणी पनि गरेका छन् ।

अल्टट्र खबरबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...