यी ४ काम जुन घरमा गरिन्छ, त्यहाँ हुन्छ लक्ष्मीको वास



हाम्रो इकोनोमि

 

हिन्दु धर्मसँग जोडिएका केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवान्को कृपा प्राप्त हुने विश्वास गरिन्छ। ती कामको प्रभावले गर्दा कहिलै दुख वा पीडाको सामना गर्नु नपर्ने विश्वास गरिन्छ। घरमा धन धान्यको कुनै पनि कमी नहुने धार्मीक विश्वास छ।जानिराखौँ ती काम:

पुजा पाठ

जुन घरमा पुजा पाठसँग सम्बन्धीत साना कुरामा ध्यान राखिन्छ र नियमित रुपमा भगवानको सेवा गरिन्छ, त्यस्तो घरमा कुनै दुख पीडा नहुने विश्वास रहेको छ। पुजासँग जोडिएका शास्त्रीय निमयमको ध्यान राखेमा सकारात्मक उर्जा प्राप्त हुने तथा सुख समृद्धि आउने धार्मीक विश्वास छ।

तुलसी

तुलसीलाई शक्ति स्वरुपा मानिने गरिन्छ। जुन घरमा तुलसीको पुजा हरेक दिन हुने गर्दछ, उसको घरमा केही कुराको कमी नहुने विश्वास गरिन्छ। तुलसी रोप्दा घरमा प्रवेश गर्ने हावा पनि अमृत समान हुने गर्दछ। जुन व्यक्तिले बिहान चाडै उठेर तुलसीलाई जल चढाउछ, उसमाथि सधै विष्णु भगवानको कृपा रहने विश्वास गरिन्छ।

गोबर

गाईको गोबरलाई निकै पवित्र मानिने गरिन्छ। महाभारतको अनुशासन पर्वका अनुसार गाईको गोबर महालक्ष्मीको निवास हुने गर्दछ। त्यसैले जुन ठाउँमा गाईको गोबरले पोत्ने गरिन्छ, त्यो ठाउँ पवित्र हुने गर्दछ। साथसाथै माता लक्ष्मीको कृपा पनि मिल्ने गर्दछ।

मन्दिर

पश्चिम दिशा तर्फ मुख फर्काएर पुजा गर्नु अत्यन्तै शुभ मानिन्छ। त्यस्तै मन्दिरको ढोका यदी पूर्व दिशामा भए छन् राम्रो हन्छ। प्रवेश द्धारको ठिक अगाडि ईश्वरको मुर्ति भने कहिलै राख्नु हुँदैन्। घरमा मन्दिरको स्थापना गर्दा सबै भगवानको कृपा मिल्ने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...