यी ४ काम जुन घरमा गरिन्छ, त्यहाँ हुन्छ लक्ष्मीको वास



हाम्रो इकोनोमि

 

हिन्दु धर्मसँग जोडिएका केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवान्को कृपा प्राप्त हुने विश्वास गरिन्छ। ती कामको प्रभावले गर्दा कहिलै दुख वा पीडाको सामना गर्नु नपर्ने विश्वास गरिन्छ। घरमा धन धान्यको कुनै पनि कमी नहुने धार्मीक विश्वास छ।जानिराखौँ ती काम:

पुजा पाठ

जुन घरमा पुजा पाठसँग सम्बन्धीत साना कुरामा ध्यान राखिन्छ र नियमित रुपमा भगवानको सेवा गरिन्छ, त्यस्तो घरमा कुनै दुख पीडा नहुने विश्वास रहेको छ। पुजासँग जोडिएका शास्त्रीय निमयमको ध्यान राखेमा सकारात्मक उर्जा प्राप्त हुने तथा सुख समृद्धि आउने धार्मीक विश्वास छ।

तुलसी

तुलसीलाई शक्ति स्वरुपा मानिने गरिन्छ। जुन घरमा तुलसीको पुजा हरेक दिन हुने गर्दछ, उसको घरमा केही कुराको कमी नहुने विश्वास गरिन्छ। तुलसी रोप्दा घरमा प्रवेश गर्ने हावा पनि अमृत समान हुने गर्दछ। जुन व्यक्तिले बिहान चाडै उठेर तुलसीलाई जल चढाउछ, उसमाथि सधै विष्णु भगवानको कृपा रहने विश्वास गरिन्छ।

गोबर

गाईको गोबरलाई निकै पवित्र मानिने गरिन्छ। महाभारतको अनुशासन पर्वका अनुसार गाईको गोबर महालक्ष्मीको निवास हुने गर्दछ। त्यसैले जुन ठाउँमा गाईको गोबरले पोत्ने गरिन्छ, त्यो ठाउँ पवित्र हुने गर्दछ। साथसाथै माता लक्ष्मीको कृपा पनि मिल्ने गर्दछ।

मन्दिर

पश्चिम दिशा तर्फ मुख फर्काएर पुजा गर्नु अत्यन्तै शुभ मानिन्छ। त्यस्तै मन्दिरको ढोका यदी पूर्व दिशामा भए छन् राम्रो हन्छ। प्रवेश द्धारको ठिक अगाडि ईश्वरको मुर्ति भने कहिलै राख्नु हुँदैन्। घरमा मन्दिरको स्थापना गर्दा सबै भगवानको कृपा मिल्ने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस
जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल

  नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा...

एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको...