भिजाएको मेथि सेवन गर्दा हुन्छन यस्ता अचुक फाइदै फाइदा



हाम्रो इकोनोमि

 

मेथी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक छ । हामिले हाम्रो शरीर स्वस्थ रहन वा राख्न हरेक कुरामा ध्यान दिन एकदमै महत्वपूर्ण छ । सरसफाइ लगायत खानपानमा ध्यान दिएमा हामी स्वस्थ रहन सक्छौँ । यसका लागि स्वस्थ रहने खानेकुरा मध्य मेथीदाना पनि एक हो । मेथीको दानामा अत्यधिक पौष्टिक तत्त्व पाइन्छन् ।

यसैले हामि स्वस्थ रहन मेथीको दानालाई रात भरि भिजाएर बिहान उठदा साथ खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्‍याउने गर्दछ । मेथी दानाले भोक पनि मेटाउने गर्दछ । मेथीको दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । सका साथै, यसमा भरपुर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्त्व पाइन्छ ।

एक गिलास पानीमा एक चम्चा मेथीदाना रातभर भिजाएर राख्नुहोस र विहान उठ्नासाथ खाली पेटमा पिउनुहोस । मेथी दानामा शरीरको टक्सिन बाहिर निकाल्ने क्षमता हुन्छ जसले मृगौलालाई स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । मेथी दाना नियमित रूपमा खाँदा ग्याष्ट्रिकको समस्याबाट बच्न सकिन्छ । जलन र एसिडिटी पनि हुनबाट जोगाउँछ ।

मेथीदानामा पाइने सोलुबल फाइबर्स ब्लड सुगरलाई नियन्त्रणमा राखेर मधुमेहको खतरा घटाउने गर्दछ मेथी दानामा पाइने गेलाक्टोमेनन र पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्छ र हृदयघातबाट बचाउन सहयोग पुर्‍याउँछ । भिजाइएको मेथी दानाले पाचन क्रियालाई बलियो बनाउँछ । कब्जियतसहित पेटका विभिन्न समस्यालाई टाढै राख्छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...