दाङका ३५ वडा बाढीको उच्च जोखिममा



हाम्रो इकोनोमि

 

दाङमा पहिरोको जोखिम त्यति धेरै नभए पनि बाढीको जोखिम भने अत्यधिक रहेको छ । पूर्वदेखि पश्चिमसम्म सबै ठाउँ बाढीको जोखिममा छ । अघिल्ला वर्षमा खेतवारीसँगै घर बगाएपछि यहाँका स्थानीय निकायसँगै प्रशासनसमेत क्षेत्रसमेत सचेत बनेको देखिन्छ ।

दाङका १०० वडामध्ये ३५ वडा बढी जोखिमपूर्ण वडाका रुपमा घोषणा गरिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार विशेषगरी बबई र राप्ती नदी आसपासका गाउँ बढी जोखिममा छन् ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार चालू आर्थिक वर्षमा जोखिम भनिएका ३५ वडामध्ये १५ वडामा जोखिमको पूर्वसूचना दिने साइरन प्रणाली जडान गरिँदैछ । प्रशासनको हाताभित्र जोखिमको अवस्था बुझ्न डिजिटल सूचना बोर्डको जडानसमेत गरिएको छ ।

जिल्लामा जुनसुकै प्रकारको जोखिम आए पनि खोज तथा उद्धारका लागि आफूहरु तयारी अवस्थामा रहेको प्रजिअ रिजालले बताए ।

अहिले प्रशासनसँग जोखिममा परेमा तत्काल राहत, सुरक्षित आश्रय, लत्ताकपडा आदिको तयारी रहेको उनले बताए । “अहिले हामीसँग तत्काल राहतका लागि रु तीन करोड बचत छ”, उनले भने, “स्थानीय निकायले पनि रु १० लाखदेखि रु एक करोडसम्म विपद् व्यवस्थापनमा छुट्याएका छन् ।”

घोराही उपमहानगरपालिकामा समेत विपद्को पूर्वसूचना प्रणाली, तयारी एवं विपद् जोखिम न्यूनीकरण तथा उद्धार तथा राहतका लागि रु एक करोड ३४ लाख छुट्याएको छ ।

उपमहानगरका विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले विपद्का लागि छुट्याइएको रकम विपद्मा परेकाकै लागि खर्च गरिने बताए । उनले आगामी आर्थिक वर्षमा उद्धारका लागि मानवीय जनशक्तिसमेत तयार पारिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...