पक्राउ परेकी पुडासैनीकी प्रेमिकाले दिइन प्रहरीलाई यस्तो अचम्मको बयान, घटनाले लिने भयो अब अर्कै मोड !



हाम्रो इकोनोमि

 

 

प्रहरीले पत्रकार शालिकराम पुडासैनीको प्रकरण अनुसन्धानका लागि ३० साउन २०७६ मा काठमाडौंबाट नियन्त्रणमा लिएकी अस्मिता कार्की र ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संवाददाता युवराज कँडेलसँग बयान लिएको छ। पत्रकार पुडासैनी प्रकरणमा चितवन प्रहरीले रवि लामिछानेसहित तीनजनाविरुद्व अदालतबाट म्याद लिएर आत्महत्याका दुरुत्साहन अभियोगमा अनुसन्धान गरिरहेको छ।

प्रहरी स्रोतका अनुसार युवराजसँग लिखित र अस्मितासँग भिडियो बयान लिइएको छ। प्रहरीसँगको भिडियो बयानमा अस्मिताले सडक दुर्घटनामा निधन भएका आफ्ना पूर्वप्रेमीसँग अनुहार मिलेकाले शालिकरामलाई सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न अनुरोध पठाएको बताएकी छन्। फेसबुक चलाइरहँदा शालिकरामको फोटोसहित ‘पिपुल मे यु नो’ भन्ने देखेपछि अनुरोध पठाएको उनले उल्लेख गरेकी छिन्। ‘फेसबुकमा साथी भएपछि कुराकानी हुन थाल्यो। त्यसपछि निकटता बढ्यो’, अस्मिताले प्रहरी बयानमा भनेकी छिन्, ‘पछिल्लो समय प्रेम सम्बन्धमा थियौं।’

‘सिधा कुरा जनतासँग’सँगका रवि र युवराजपछि यो प्रकरणसँग जोडिएकी अर्की पात्र अस्मिता कार्की हुन्। शालिकरामले कार्यक्रम छोड्ने निष्कर्षमा पुगेपछि ‘सिधाकुरा जनतासँग’कै टोली सदस्यले शालिकरामलाई डिपेन्डेन्टमा अष्ट्रेलिया पठाइदिन ती युवतीसँग भेट गराएका थिए।

पत्रकार पुडासैनी विदेश नगई माउन्टेन टेलिभिजनमा कार्यक्रम सुरु गरेपछि दुवैबीच खटपट सुरु भएको थियो। त्यसपछि अस्मिता शालिकरामविरुद्ध ‘सिधाकुरा जनतासँग’ पुगेको तथा रवि र युवराजले आफूविरुद्ध कार्यक्रमको तयारी गरेपछि आ९त्मह९त्या गर्न विवश भएको भिडियोमा उल्लेख गरेका छन्। युवती र सिधा कुरा जनतासँगबीच छलफल भएको बिषय समेत अस्मिताले बयानमा उल्लेख गरेकी छिन्।

प्रहरीले विज्ञ टोलीले तीनैजनालाई फरक समयमा बयान लिने रणनीति बनाएको छ। प्रहरीले लिएको बयान थप अनुसन्धान र जाँचका लागि सहायक हुनेछ। ‘बयानमा बाझिएका विषयमा थप अनुसन्धान हुन्छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भनछन्, ‘यो घ९टनाभन्दा बाहिरका कतिपय विषय पनि खुलेका छन्।’प्रहरीकाअनुसार रवि लामिछानेसँग पनि आजै प्रारम्भिक बयान लिइनेछ। प्रहरीले तीनैजनाको प्रारम्भिक बयानसहित मंगलबार चितवन जिल्ला अदालतबाट थप अनुसन्धान म्याद लिन तयारी गरेको छ।‘मृ९त्तकको कल डिटेल आएको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘मंगलबार थप तीनजना प्रतिवादीको कल डिटेल लिएर अनुसन्धान जारी रहन्छ।’ नेपाल आज बाट

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...