परिवार पाल्नको लागि भारतमा मजदुरी गर्दै आएका दुई नेपालीको मृत्यु ! [घरमा श्रीमती बेहोस्]



हाम्रो इकोनोमि

 

भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको श’व आज रातिसम्ममा नेपाल ल्याइने भएको छ । रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरामा परी गत साउन ३२ गते मृत्यु भएको थियो ।

राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका १९ वर्षीय अर्जुन बुढामगर र ४७ वर्षीय सनबहादुर बुढामगरको पहिरामा परी मृत्यु भएको स्थानीय चिमबहादुर घर्तीले जानकारी दिए ।

उनका अनुसार गत साउन ३२ गते रातिको समयमा आएको पहिराले रुख ढलाउँदा च्याँ’पिएर अर्जुन र सनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परेर बलबहादुर पुन, रमन पुन, रणवीर घर्ती, सनलाल पुन र कृष्ण थारू घाइते भएका छन् ।

उनीहरु गत साउन १७ गते भारतको हिमाञ्चल प्रदेशको नारकान्द जिल्लामा स्याउ टिप्ने कामका लागि घरबाट हिँडेका थिए । उनीहरुसँगै गाउँका ३२ जना कामका लागि भारतको हिमाञ्चल प्रदेश गएका घर्तीले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राप्तीसोनारी गाउँपालिका कमिटीका अध्यक्षसमेत रहेका घर्तीले भारतबाट श’व ल्याउने काम भइरहेको जानकारी दिए । आज रातिसम्म श’व नेपाल आइपुग्ने उनले बताए ।

दुवैको मृत्युको खबरले चिलहरिया गाउँ शो’कमग्न भएको छ । अर्जुनले गत असार १७ गतेमात्रै विवाह गरेका थिए । विवाहको एक महीना नबित्दै कमाउन भारत हिँडेका श्रीमान्को मृत्युको खबरले श्रीमती दीपा बुढा अ’चेत छन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...