पारसले भने- मेरो छोराको अनुहारमा पुलिसको डन्डा देखेपछि मैले होस गुमाएँ



हाम्रो इकोनोमि

 

 

पूर्वयुवराज पारस शाहले आइतबार बिमानस्थलमा एक प्रहरी अधिकारीलाई गरेको भनिएको दुर्व्यवहारबारे मुख खोलेका छन्।उनले शुक्रबार उपचारका लागि बैँकक जान लागेकी आफ्नी आमालाई छाड्न आफूसँगै विमानस्थल पुगेका आफ्ना छोरा हृयदेन्द्रको अनुहारमा प्रहरीको लाठी देेखेपछि होस गुमाएको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत दिएका छन्।

बैँकक जान लागेकी आफ्नी आमालाई छाड्न पारस उनका छोराछोरीसहित काठमाडौँ विमानस्थल पुगेका बेला उनले प्रहरीलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भएको थियो। उनले फेसबुकमा लेखेका छन्- मैले हिजो विमानस्थलमा भएको कुरा आफ्ना मानिसहरुलाई बताउनैपर्छ। मेरी आमा वायोप्सीका लागि बैँकक जाँदै हुनुहुन्थ्यो। पछिल्लो समयमा मेरो खराब मुड चलिरहेको छ। त्यहीमाथि मैले मेरो छोराको अनुहारमा प्रहरीको डन्डा देखेपछि होस गुमाएँ। म सम्बन्धित पक्षसँग माफी चाहन्छु। तर मेरो ठाउँमा अर्को जोसुकै नेपाली बुवा भए पनि त्यही गर्थ्यो। बाँकी म यसबारे निर्णय गर्न नेपाली जनतालाई छाड्न चाहन्छु।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...