पारसले भने- मेरो छोराको अनुहारमा पुलिसको डन्डा देखेपछि मैले होस गुमाएँ



हाम्रो इकोनोमि

 

 

पूर्वयुवराज पारस शाहले आइतबार बिमानस्थलमा एक प्रहरी अधिकारीलाई गरेको भनिएको दुर्व्यवहारबारे मुख खोलेका छन्।उनले शुक्रबार उपचारका लागि बैँकक जान लागेकी आफ्नी आमालाई छाड्न आफूसँगै विमानस्थल पुगेका आफ्ना छोरा हृयदेन्द्रको अनुहारमा प्रहरीको लाठी देेखेपछि होस गुमाएको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत दिएका छन्।

बैँकक जान लागेकी आफ्नी आमालाई छाड्न पारस उनका छोराछोरीसहित काठमाडौँ विमानस्थल पुगेका बेला उनले प्रहरीलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भएको थियो। उनले फेसबुकमा लेखेका छन्- मैले हिजो विमानस्थलमा भएको कुरा आफ्ना मानिसहरुलाई बताउनैपर्छ। मेरी आमा वायोप्सीका लागि बैँकक जाँदै हुनुहुन्थ्यो। पछिल्लो समयमा मेरो खराब मुड चलिरहेको छ। त्यहीमाथि मैले मेरो छोराको अनुहारमा प्रहरीको डन्डा देखेपछि होस गुमाएँ। म सम्बन्धित पक्षसँग माफी चाहन्छु। तर मेरो ठाउँमा अर्को जोसुकै नेपाली बुवा भए पनि त्यही गर्थ्यो। बाँकी म यसबारे निर्णय गर्न नेपाली जनतालाई छाड्न चाहन्छु।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...