एकदमै नयाँ मोडमा शालिकराम मृत्यु प्रकरण सीसीटीभी फुटेजमा देखियो यस्तो दृश्य !



हाम्रो इकोनोमि

 

अहिले चर्चामा रहेको शालिकराम पुडासैनी मृत्यु प्रकरण हरेक दिन नयाँ मोडमा जान थालेको छ । नुवाकोटका पुडासैनीले जीवनत्याग गर्नुअघि डोरी किनेको पसल भेटिएको छ । चितवन प्रहरीका अनुसार नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको खुलासा भएको छ ।

 

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा मृत फेला परेका थिए । होलसेल पसल नजिकै रहेको एक पसलको सीसीटीभी फुटेज हेर्दा पुडासैनीले ५ मिटर डोरी किनेर लगेको देखिएको हो । सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान बहादुर मल्लले आइतबार साँझ हार्डडिस्क लगेर प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । पुडासैनीको मृत्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...