देहत्याग गर्नु अघि पुडासैनीले डोरी किन्दै गरेको भिडियो प्रहरीले भेट्टायो, यो पसलबाट किनेका रहेछन पाँच मिटर लामो डोरी



हाम्रो इकोनोमि

 

पत्रकार शालिकराम पुडाशैनीको विषयमा प्रहरीले अर्को महत्वपूर्ण प्रमाण फेला पारेको छ । चितवन प्रहरी र विशेष अनुसन्धान टोलीले गहन अनुसन्धान गरिरहेको सो घटनामा प्रहरीलाई अर्को महत्वपूर्ण प्रमाण फेला परेको हो । देहत्याग गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल र डोरी किनेको भिडियो समेत प्रहरीले फेला पारेको छ । पसलको सीसीटीभी फुटेजमा उनले डोरी किनेको दृष्य देखिएको छ । सो फुटेज फेला पारेको प्रहरीले पसलको सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर गएको छ । पुडाशैनीले बसपार्कमा रहेको एउटा होलसेल पसलवाट डोरी किनेर लगेका हुन् ।

नारायणगढ बसपार्कको होटल कंगारुमा दिउँसो ३.३० बजे उनी पुगेका थिए । यस अघि सार्वजनिक भएका भिडियोमा उनले कोठा बुक गरेपछि हातमा एउटा पानीको बोतल र झोला भिरेर कोठामा गएको होटलका कर्मचारीले बताएको देखिन्छ । तर उनी होटलमा कोठा बुक गरेपछि बाहिर निस्किएर डोरी किन्न गएको अनुमान गरिएके छ । बसपार्क नजिकै सडकको जेब्राक्रस कटेर एक्लै आएका पुडासैनीले डोरी मागेको पसलको सीसीटीभी फुटेजमा देखिएको छ ।

भरतपुरको चौविसकोठीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, केही प्रदर्शनकारी नियन्त्रणमा

काठमाडौं, २ भदौ । सोमवार पनि चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झ९डप भएको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा पक्राउ परेका न्यू २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थकहरुले आज पनि भरतपुरमा प्रदर्शन गरिरहेका छन् । प्रर्दशनका क्रममा निषेधाज्ञा जारी गरेको क्षेत्रमा प्रर्दशनकारी प्रवेश गर्न खोजेपछि झडप भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म आइतवार देखि नै लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरेको छ । दिनहुँ प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले यी क्षेत्रलाई निषेधित घोषणा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी दीपेन्द्र शाहले प्रर्दशन र नारावाजीले कामकाजमा बाधा परेकाले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्मका क्षेत्रमा प्रर्दशनमा रोक लगाइएको जानकारी दिए । निषेधित क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू छन् । दिनहुँ प्रदर्शन जारी रहेपछि सर्वदलित वैठकले दिएको निर्देशन र निर्णय अनुसार प्रहरीले आजदेखि जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

रवि लामिछानेलगायतका सञ्चारकर्मी पक्राउको विषयलाई लिएर पक्ष र विपक्षमा नाराबाजी हुन थालेपछि त्यहाँ क्रियाशील राजनीतिक दलहरूले आइतबार सहयोग गर्ने सहमति गरेका हुन् । दलहरूले घटनाबारे निष्पक्ष छानविनका लागि सहयोग गर्न र शान्तिपूर्ण प्रर्दशन गर्न आग्रह गरेका छन् । निशेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेका कारण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले अन्य जिल्लावाट चितवनमा पुगेर नारावाजी र प्रदर्शनमा सहभागी भएकाहरुलाई जिल्ला छोड्न समेत चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...