जन्मदिनको पैसा बिरुवा नेपाललाई



हाम्रो इकोनोमि

 

अस्ट्रेलिया निवासी पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र उहाँकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय पाँच बर्षिया शायना चालिसे र दुई बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा अस्ट्रेलियन डलर ५०० “A Home For Orphans and Abandoned Children” नारा रहेको सामाजिक संस्था बिरुवा नेपाललाई हस्तान्तरण गर्नु भएको छ ।

बिरुवा नेपालमा हाल २० जना बालबालिकाहरुले पठन पाठन लगायत लवाइ खुवाई र बसोबासको सुबिधा पाइरहेका छन् र यो क्रम बढ्दै जाने जानकारी दिनुहुदै कुनै नाफाका लागि नभै बिशुद्ध सामाजिक कार्यका लागि कृयाशिल संस्थालाई यसरी माया गरेर सहयोग गरेकोमा  बिरुवा नेपालका संस्थापक गौतम लामिछाने र उहाँकी धर्मपत्नी पद्मा पाण्डेले सुशिल चालिसे र उहाँकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेप्रति आभार ब्यक्त गर्नु भयो ।

चालिसे दम्पतिले आफ्नी छोरी शायना चालिसेको पहिलो जन्मदिन मनाउँदा एक्सन वर्क नेपाल दोश्रो जन्मदिन मनाउँदा समाजसेवी दिक्षा चापागाईं आबद्ध हुनुभएको पबित्रा समाज नेपाल मार्फत सहयोग पुर्याएकोमा दुई बर्ष अघि भने भने जन्मदिन मनाउने दिनमा नै अर्की छोरी समिकाको जन्म भएकोले जन्मदिन मनाउन पाउनु भएको थिएन ।

गत बर्ष दुबै छोरीको जन्मदिन मनाउने क्रममा ५०० डलर लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएकोमा श्रेष्ठले देशमा आएको महाप्रलयकारी भूकम्प ब्यबस्थापन कार्यमा लाग्ने प्रण गरेकी नायिका स्वेता खड्काले स्व. श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको एउटा सीमांकृत जाती माझी समुदायकी एउटी बुहारीको रुपमा “स्वेता-श्री फाउण्डेशन” को पहिलो उदेश्य भूकम्पले भत्काएको ‘माझी बस्ती’ निर्माण गर्ने उद्धेस्य अनुरुप सो समुदायका ३७५ जनाको लागि करीब १७ रोपनी जग्गामा एकीकृत बस्ती बनाउने कार्यमा जुटिरहेकोले सो परियोजनामा केही इट्टा थप्न सहयोगी हुने किसिमले सो रकम स्वेता खड्का सो बेलामा अमेरिकाबाट नेपाल फर्कने बित्तिक्कै हस्तान्तरण गरिने बताए अनुरुप नै उहाँ अमेरिकाबाट फर्के लगत्तै रु ५०,००० हस्तान्तरण गरिएको थियो ।

यसरी चालिसे दम्पत्तिले आफ्ना छोरीद्धयको जन्मदिनका अबसरमा प्रत्येक बर्ष सामाजिक कार्यमा निस्चित रकम हस्तान्तरण गर्ने प्रचलन नै बसालेका छन जुन अनुकरणीय र प्रेरणादायी छ । शायना र समिका चालिसे दुबैलाई जन्मदिनको हार्दिक शुभकामना!!!

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...