यी युवकले गरे यस्तो महान काम, आज विश्व तारिफ गरिरहेको छ



हाम्रो इकोनोमि

 

संसारमा सबैभन्दा विद्धान प्राणी मानिस हो । मानिसहरुमा पनी केही मानिसहरु अलिक फरक क्षमता भएका हुन्छन् । यस्तै एक घटना अहिले बाहिर आएको छ । सामाजिक सञ्जालमा अक्सर जोमैटो चर्चामा रहने गर्दछ । जोमैटो जसले मानिसहरुलाई खाजा पुर्याउने काम गर्दछ ।

 

यो कहिले तारिफ त कहिले आलोचनाको शिकार हुँदै आइरहेको छ । केही दिन पहिले धर्मको विषयलाई लिएर विवादमा आएको थियो । धर्मका विषयमा भएको के भने एक हिन्दु ग्राहकले खाजा मगाए तर खाजा पठाउने बेलामा यो कम्पनीले मुस्लिम व्यक्तिलाई पठायो ।

ग्राहकले साउनको महिनामा आफुले मुसलमानले दिएको खानेकुरा नखाने भन्दै खाजाको अर्डर रद्ध गरेका थिए । यसको जवाफमा कम्पनीले खानाको धर्म नहुँने भन्दै खाना आफैंमा एक धर्म भएको बताएको थियो । कम्पनीले दिएको यो बयानले हिन्दु धर्मको अपमान भएको भन्दै विरोध भएको थियो ।

अहिले चर्चामा आउँनुको कारण भनेको हैदराबाद (दक्षिण भारत) निवासी ओबेश कोमिरीशेट्टी व्यक्तिले जोमैटोको यसरी प्रयोग गरे कि यो चर्चामा आउँन सफल भयो । पेशाले इन्जीनेर बताउने उनले मध्यराति भएको कहानी सुनाउँदै लामो फेसबुक स्टाटस राखे जसले सबैर्लाइ आश्चर्यमा पार्न सफल भयो ।

ओबेश इनअर्बिट मल रोड नजिकै मध्यराति अटोको पर्खाइमा थिए । उनले लामो समय पर्खे तर मध्यराति अटो पाउँन गाह्रो भयो । उनले मान्छेहरुलाई गनतव्यसम्म पुर्याउन सहयोग गर्ने एक उबर नामको एपमा चेक गरे तर त्यसमा धेरै महंगो बताइएको थियो ।

उबर भनेको नेपालमा चलेको टुटल जस्तै हो । यस पछि उनले दिमाग लगाए र जोमैटो एपको मद्धतले नजिकै भएका होटल खोज्न थाले । खोज्दै जाँदा उनलाई डोसा शप मिल्यो र उनले एपमार्फत डोसा मगाए । जब कम्पनीले त्यहाँ डेलिभरी ब्वायलाई पिक गर्न पठायो तब उनले भने, ‘यो मेरो अर्डर हो के तपाई मलाई मेरो घरसम्म छोड्न सक्नुहुन्छ ?’

उनको यो कुरालाई डेलिभरी ब्वायले तुरुन्त स्विकार गरे र आफुलाई ५ स्टार दिन अनुरोध पनी गरे । यसको जवाफमा उनले हुन्छ भन्दै कम्पनीलाई धन्यवाद दिएका छन् । कम्पनीले पनी खुःशी व्यक्त गरेको छ । मध्यरातमा कोही यसरी जुक्ति लगाउन सक्छ भने उसको तारिफ नहुने कुरै भएन । अहिले उनको तारिफ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...