हेर्नुहोस् यी हुन् एउटै विमान उडाउने पाइलटको आमाछोरी



हाम्रो इकोनोमि

 

अमेरिकाको डेल्टा एयरको एक जहाजमा गत हप्ता एउटा विशेष पल क्यामेरामा कैद भयो । यो विमान उडाउने दुई पाइलटहरु साख्खै आमाछोरी थिए । यो कुरा जब विमानका यात्रुहरुले थाहा पाए सबै निकै उत्साहित भए ।

एक यात्रुले त उनीहरुसँग भेट्ने इच्छा देखाए र उनीहरुको फोटो पनि खिचे । एउटै विमा उडाइरहेका साख्खै आमाछोरी पाइलट भएको यो पहिलो घटना हो । उडिरहेको एउटै विमानको ककपिटमा ड्युटीमा रहेका आमाछोरीको यो फोटो निकै लोकप्रिय भइरहेको छ ।

आमाछोरीको यो जोडीले विमानलाई लस एन्जल्सबाट अटलान्टा लिएर गएका थिए । एक यात्रुले यी दुईको यो विशेष पल क्यामेरामा कैद गरे र फोटो शेयर गर्दै लेखे ‘यी आमाछोरीलाई भेट्नुस् । यी हुन् क्याप्टेन वेंडी रेक्सन र उनकी प्रथम अफिसर छोरी केली रेक्सन ।’

यो पोस्ट ५० हजार भन्दा धेरै पटक लाइक गरिएको छ र १८ हजार भन्दा धेरै पटक रिट्वीट भएको छ । यो फोटोमा कमेन्ट गर्दै अर्का एक पाइलटले पनि आफ्ना छोरासँगको फोटो शेयर गरेका छन् । यी बाबुछोराले पनि केही समयमै एउटै विमान उडाउने अद्भूत अवसर पाउँदैछन् ।

ट्वीटरमा यो फोटोलाई उत्साहित बनाउने खालको भएको प्रतिक्रिया दिएका छन् । रिपोर्टका अनुसार वेंडीको परिवारका लगभग सबै पाइलट छन् । उनका पिता बिल ब्राउन अवकाशप्राप्त पाइलट हुन् । उनका पति माइकल रेक्सन अमेरिकन एयरलाइन्सका पाइलट हुन् र उनकी अर्की छोरी केट पनि पाइलट नै हुन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...