जापानमा राती खाना खाएर श्रीमानसँगै सुतेकी गुल्मीकी एक महिला बिहान मृत फेला



हाम्रो इकोनोमि

 

जापानमा गुल्मीकी एक महिला मृ*त भेटिएकी छिन् । आफ्नै कोठामा बिहीबार राती खाना खाएर श्रीमानसँगै सुतेकी ति महिला शुक्रबार बिहान मृ*त भेटिएको प्रहरीले जनाएको छ ।जिल्लाको चन्द्रकोट वार्ड नं १ दिब्रुङ माईती तथा मुसिकोट नगरपालिका वार्ड नं ६ कुर्घा स्थायी घर भई टोकियोस्थित किता कु ईताबासिमा अन्दाजी २९ वर्षीया महिला मृ*त फेला परेकाे जनाइएकाे छ । बेलुका श्रीमानसँगै सुतेकी ति महिलालाई बिहान एम्बुलेन्समा अस्पताल पुर्याईएको थियो ।

अस्पतालले करिब ६ घण्टा पहिले नै उनको मृ*त्‍यु भएको जानकारी दिएको थियो ।मृ*तक महिलाको श्रीमानलाई नियन्त्रणमा लिई स्थानिय प्रहरीले घ*टनाको अनुसन्धान थालेको छ ।मृतक रायमाझी श्रीमानको ’डिपेन्डेन्ट’ भिसामा जापानमा बस्दै आएको बुझिएको छ।घ*टनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...