रवि दाई महान, म दाईको गुण कहिल्यै तिर्न सक्दिन भन्दै यसरी भनेको रहेछ पत्रकार पुडाशैनीको अर्को भिडियो बाहिरीयो



हाम्रो इकोनोमि

 

 

पत्रकार शालिकराम पुडाशैनीले संसार छोड्नु भन्दा पहिला रेकर्ड गरेको भिडियोको आधारमा  टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायत तीन जनालाई प्रहरीले प*क्राउ गरेको छ । उनी दुई महिना अघि सम्म रवि लामिछानेकै टिभी कार्यक्रममा सहकार्य गर्ने गरेका थिए । दुई महिना अघि न्युज २४ छोडेर माउन्टेन टेलिभिजनमा प्रवेश गरेका पुडाशैनीले टेलिभिजन कार्याक्रम छोडेको भए पनि रवि लामिछानेलाई कहिल्यै नछोड्ने बताएका छन् ।

तर सो अन्तरवार्ता दिएको एक महिना पछि नै पुडाशैनीले रवि लगायत तीन जनाको नाम लिँदै उनीहरुकै कारण आफु संसार छाड्न बाध्य भएको भन्दै भिडियो रेकर्ड गराएका छन् । सो भिडियो रेकर्ड र पुडाशैनीले प्रयोग गरेको मोवाइलको फरेन्सीक जाँचको रिपोर्ट आएपछि प्रहरीले रवि लगायत तीन जनालाई प*क्राउ गरेको छ । चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आ८त्मह८त्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेवि८रुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन्।

पत्रकार पुडासैनीको श५व भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो।प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको हो । उनीहरुलाई न्युज २४ को कार्यालयबाट प*क्राउ गरिएको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...