रविको श्रीमती निकिताले लेखिन् मनछुने स्टाटस : ‘तिमी निर्दोष छौ रवि’ …



हाम्रो इकोनोमि

 

पत्रकार शालिकराम पुडासैनी आत्मह*त्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रबि लामिछाकी श्रीमती निकिता पौडेलले शुक्रबार बिहानै आफनो फेसबुकमा रबि लामिछाने तर्फबाट भन्दै स्टाटस राखेकी छिन् । उनले लेखेकी छन, ’आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय होस ।

यो घटनाको अनुसन्धानमा सघाउँनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहने छ । देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछु : रबि लामिछाने । ’निकिताले रबिको श्रीमति हुन पाएकोमा गर्व लागेको पनि लेखेकी छिन् ।

‘आरोप लगाउने मरेर गएपपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय होस । यो घटनाको अनुसन्धानमा सघाउँनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहने छ । देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछु ।’ : रबि लामिछाने

 

त्यस्तै रबि लामिछानेको दाई पत्रकार हरिशरण लामिछानेले पनि आफ्नो फेसबुकमा ’बि स्ट्रोङ रबि’ भन्दै स्टाटस राखेका छन् । उनी लेख्छन, ’सत्य यहि हो भन्न त गाह्रो छ तर सत्यको नाजिक सम्म भने अवश्य पुग्न सकिन्छ। त्यसैले त, सत्यको जित नभए पनी आखिरमा सत्य मर्दैन भन्छन् । सत्य(तथ्य सबिस्तार छानबिन होस् । धैर्य गरौं, आशा गरौ!! पत्रकार सालिकराम पुडासैनीको आत्मह*त्या प्रकरणमा प्रहरीले रवि सहित अन्य दुइलाई बिहिबार प’ क्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...