शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो प्रहरीभन्दा पहिले मिडियामा कसरी पुग्यो ?



हाम्रो इकोनोमि

 

पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमाथी नै प्रश्न उठ्न थालेको छ । मृत्युअघि रेकर्ड गरिएको भिडियोमा ९ औं मिनेटमा ‘किन’ भन्ने अर्काे ब्यक्तिको आवाज सुनिनु । भिडियो इडिटिङ गरिनु र प्रहरीभन्दा पहिले भिडियो सार्वजनिक हुनलाई रहस्यमयरुपमा हेर्न थालिएको छ ।

 

पुडासैनीले आत्महत्या गर्नुभन्दा केही समयअघि भिडियो रेकर्ड गरेका बताइएको छ । तर आत्महत्या गरेको ठाउँमा प्रहरी पुगेको छ । प्रहरीलाई थाहा नै नदिई त्यो भिडियो कसरी बाहिरियो ? यतिबेला यस बिषयले पनि चर्चा पाएको छ । पुडासैनीले चितवनको एक होटलमा आत्महत्या गरेका थिए । उनको हत्या हो की आत्महत्या हो त्यो भने प्रहरी अनुसन्धानमै छ । तर भिडियोमा आफुलाई मर्न रवि लामिछानेसहित तीन जनाले बाध्य बनाएको बताएका छन् ।

 

भिडियो रेकर्डकै आधारमा प्रहरीले छानविनका लागि रवि, युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि चितवन प्रहरी हिरासतमा लिएको छ । तर भिडियोमा ब्यक्तभएका केही कुराहरु भने छानविन गर्न लायक छन् । प्रहरीको हातमा पर्नुभन्दा पहिले भिडियो कसरी बाहिरियो ? उनले रवि लामिछानेसँग न्यूज २४ मा जागिर खान जानुभन्दा अघि मासिक डेढ लाखभन्दा बढी आम्दानी गर्ने गरेको बताएका छन् । मासिक डेढ लाख आम्दानी गर्ने ब्यक्ति १५ हजार तलव खान न्यूज २४ मा कसरी गए ?

 

उनले फाइनान्सबाट लिएको रकम तिर्न नसकेका कारण आफु निकै ठुलो समस्यामा परेको भन्दै निकै भावुकरुपमा आँशु खसालेका छन् । तर अन्तिममा आफुले डेढ करोडभन्दा बढीको सम्पति जम्मा गरेको भन्दै पत्नीलाई आफ्नो नाममा गर्न र दाईभाईलाई नदिन सुझाव दिएका छन् । फाइनान्सको रकम तिर्न नसकेको ठुलो पिडा सुनाएका पुडासैनीसँग कसरी डेढ करोडको सम्पति जम्मा भयो भन्दै सामाजिक सञ्जालमा एकथरीले प्रश्न गरिरहेका छन् । भिडियो इडिट कसले र किन गरयो ? प्रहरीभन्दा पहिले भिडियो मिडियामा कसरी आयो ? यस्तै केही प्रश्नहरु उठ्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...