मर्ने बेला शालिकरामले नाम लिएका युवराज कँडेल को हुन्?



हाम्रो इकोनोमि

 

 

चर्चित पत्रकार रवि लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गर्न लागेको छ । चितवन प्रहरीले हिजो मात्रै भिडियो बजारमा आएपछि भिडियोको आधारमा अनुसन्धान अगाडी बढाएको छ । पत्रकार शालिकराम पुडासैनीले आत्मह’त्या पुर्व रवि लामिछाने , न्युज २४ मा कार्यरत पत्रकार युवराज कँडेल र ओखलढुंगाकी युवती अस्मिता कार्कीको नाम लिएका छन् ।

 

उनको भिडियो आउँन वित्तिकै लामिछानेले प्रतिकृया दिदैं म’र्ने म’रेर गएपनी आफु जिउँदै भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै भनेका छन्, ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । म’र्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस् । थप जानकारी केही समयमा गराउने छु । सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ ।’

उनी यति भनेपछि अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले बताएको छ । यस्तै अर्का युवराजले पनी आरोपको खण्डन गरेका छन् । उनले लेखेका छन्, ‘मेरी आमाको कसम खाएर भन्छु, शालिकरामले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु, न भेटेको छु न शालिकरामसँग जोडीदिएको छु, अनि अष्ट्रिलया पठाइदिने लगाएतका यि यावत आरोपहरुमा एउटा पनि गल्ती म बाट भएको रहेछ भने यो देशमा कानुन छ अनि सबैकुरा देख्ने ईश्वर छ म मर्न तयार छु । सबैकुरा छानबिन होस । हामीले कुनै अपराध गरेका छैनौं ।’ युवती को हुन भन्नेबारे भने अहिलेसम्म केही कुरा खुल्न सकेको छैन ।

भिडियोमा शालिकरामले आफुलाई अष्ट्रलिया पठाउनका लागि रविको टिमले केटी मिलाएको बताएका छन् अर्को तर्फ उनले घरमा श्रीमती भएको कुरा पनी स्विकार गरेका छन् । सामाजिक सञ्जालमा अहिले आ–आफ्नै तरिकाले बहस भइरहेको छ तर यसरी आम धारणा बनाउँनु गलत्त हो । यो अनुसन्धान भइरहेको विषय हो त्यसैले सत्यतथ्य बाहिर नआउँदासम्म कोही पनी न्यायधीश बन्न खोज्नु गलत्त हुने धेरैको बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...