भोलिदेखि लगातार ३ दिन सार्वजनिक बिदा



हाम्रो इकोनोमि

 

 

भोलिदेखि काठमाडौं उपत्यकामा लगातार ३ दिन सार्वजनिक बिदा परेको छ । साउन ३० गते बिहिबार जनै पूर्णीमा (रक्षाबन्धन) र शुक्रबार गाइजात्रा पर्व परेको छ । यी दुवै दिनमा काठमाडौँमा बिदा छ ।

त्यसपछि सनिबार नियमित साप्ताहिक बिदा हुने भएकाले लगातार ३ दिन बिदा परेको हो ।

काठमाडौं पाँचौं एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा हुने प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ । ‘कभर्डहल पूर्ण तयारी अवस्थामा छ । खेलाडीका लागि चेन्जिङ रुम, शौचालय सबै तयारीमा अवस्थामा छ’, मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव जितेन्द्रबहादुर चन्दले भने । उनले विदेशी पाहुनाको स्वागत र सहजताका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्प डेस्क स्थापना गरी लियाजो अफिसर राखिएको जानकारी दिए ।

पाँचौं संस्करणको प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताअघि दुई मैत्रीपूर्ण खेलका लागि अफगानिस्तानको टोली नेपाल आइसकेको छ । नेपाल र अफगानिस्तानबीच बुधबार र बिहीबार मैत्रीपूर्ण खेल हुनेछ । प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । नेदरल्यान्ड्सका हान एबिङले इम रानाको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपालको पुरुष टोलीले सेन्ट्रल जोन भलिबलमै ४१ वर्षपछि ऐतिहासिक पदक जितेको थियो । २०७३ चैतमा माल्दिभ्समा भएको तेस्रो संस्करणमा नेपालले कांस्य पदक जितेको थियो । जुन नेपाली महिला र पुरुष भलिबल टोलीले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ)बाट आयोजित तथा मान्यताप्राप्त प्रतियोगितामा जितेको पहिलो पदक हो ।

चार टोली सम्मिलित प्रतियोगितामा नेपाल तेस्रो बनेको थियो । सन् १९७६ मा पाकिस्तानमा भएको काइदेआजम भलिबल प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको नेपाली भलिबलले यसअघि एभीसी र फिभको प्रतियोगितामा पदक जित्न सकेको थिएन । ४१ वर्षको अन्तर्राष्ट्रिय खडेरी तोड्दै तीन वर्षअघि कांस्य जितेको नेपाली टोली यसपटक आफ्नै देशमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अभियानमा छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...