भोलिदेखि लगातार ३ दिन सार्वजनिक बिदा



हाम्रो इकोनोमि

 

 

भोलिदेखि काठमाडौं उपत्यकामा लगातार ३ दिन सार्वजनिक बिदा परेको छ । साउन ३० गते बिहिबार जनै पूर्णीमा (रक्षाबन्धन) र शुक्रबार गाइजात्रा पर्व परेको छ । यी दुवै दिनमा काठमाडौँमा बिदा छ ।

त्यसपछि सनिबार नियमित साप्ताहिक बिदा हुने भएकाले लगातार ३ दिन बिदा परेको हो ।

काठमाडौं पाँचौं एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा हुने प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ । ‘कभर्डहल पूर्ण तयारी अवस्थामा छ । खेलाडीका लागि चेन्जिङ रुम, शौचालय सबै तयारीमा अवस्थामा छ’, मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव जितेन्द्रबहादुर चन्दले भने । उनले विदेशी पाहुनाको स्वागत र सहजताका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्प डेस्क स्थापना गरी लियाजो अफिसर राखिएको जानकारी दिए ।

पाँचौं संस्करणको प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताअघि दुई मैत्रीपूर्ण खेलका लागि अफगानिस्तानको टोली नेपाल आइसकेको छ । नेपाल र अफगानिस्तानबीच बुधबार र बिहीबार मैत्रीपूर्ण खेल हुनेछ । प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । नेदरल्यान्ड्सका हान एबिङले इम रानाको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपालको पुरुष टोलीले सेन्ट्रल जोन भलिबलमै ४१ वर्षपछि ऐतिहासिक पदक जितेको थियो । २०७३ चैतमा माल्दिभ्समा भएको तेस्रो संस्करणमा नेपालले कांस्य पदक जितेको थियो । जुन नेपाली महिला र पुरुष भलिबल टोलीले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ)बाट आयोजित तथा मान्यताप्राप्त प्रतियोगितामा जितेको पहिलो पदक हो ।

चार टोली सम्मिलित प्रतियोगितामा नेपाल तेस्रो बनेको थियो । सन् १९७६ मा पाकिस्तानमा भएको काइदेआजम भलिबल प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको नेपाली भलिबलले यसअघि एभीसी र फिभको प्रतियोगितामा पदक जित्न सकेको थिएन । ४१ वर्षको अन्तर्राष्ट्रिय खडेरी तोड्दै तीन वर्षअघि कांस्य जितेको नेपाली टोली यसपटक आफ्नै देशमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अभियानमा छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...