बाढी पहिरोले भारतमा १०० जनाको मृत्यु



हाम्रो इकोनोमि

 

मनसुनी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण भारतमा तीन दिनको अवधिमा कम्तीमा १०० जनाको मृत्यु भएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् ।

बाढीले भारतको दक्षिणी राज्य केरला सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ बिहीबारदेखि शनिबारसम्ममा मात्रै ४८ व्यक्तिले ज्यान गुमाएका छन् ।

केरलाको छिमेकी कर्नाटक राज्य पनि वर्षा र बाढीको चपेटामा परेको छ । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार, यहाँका करिब २४ जनाले बाढी र पहिरोमा परी ज्यान गुमाएका छन् भने नौ जना हराइरहेका छन् ।

भारतको पश्चिमी राज्य महाराष्ट्र र गुजरात पनि वार्षिक मनसुनी आँधीका कारण नराम्रोसँग प्रभावित बनेका छन् । कर्नाटकमा विभिन्न ६०० राहत केन्द्रमा करिब एक लाख ६१ हजार मानिस विस्थापित भएर आश्रय लिइरहेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार महाराष्ट्रमा पनि २७ जनाले वर्षा, बाढी र डुवानका कारण ज्यान गुमाएका छन् । यस्तै गुजरातका अहमेदावाद र नादिआवादमा पनि वर्षाजन्य घटनाका कारण आठ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी प्रभावित केरला राज्यमा करिब एक लाख २० हजार व्यक्ति बिस्थापित भएका छन् । उनीहरुले अहिले आपतकालीन राहत केन्द्रमा आश्रय लिइरहेका छन् । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार केरलाका करिब ८० स्थानमा वर्षापछि बाढी र पहिरो गए पनि प्रहरी पुग्न सकेको छैन ।

केरलामा शनिबारपछि पनि वर्षा जारी रहने र यहाँको जनजीवन थप प्रभावित हुने अनुमान गरिएको छ ।

ग्रामीण वस्तीहरूमा सैनिकका विभिन्न समूहहरूलाई उद्धार इकाइ बनाई उद्धारमा लाग्न र विस्थापित नागरिकलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गर्न आवश्यक हेलिकोप्टरहरूको पनि परिचालन गर्न सरकारले निर्देशन दिएको छ ।

बाढी र पहिरोका कारण धेरै नागरिक प्रभावित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त क्षेत्रमा राहत तथा उद्धारको कमी हुन नदिन सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

केरला बाढी पहिरोको जोखिममा रहेको क्षेत्र हो । यहाँ गत वर्ष बाढी आउँदा कम्तीमा ५ सयको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...