नेपाली केटी विहे गरेको भन्दै बाबुले हाने छोराको पेटमा छुरा, अवस्था गम्भिर



हाम्रो इकोनोमि

 

नेपाली समाज विहेवारीको विषयमा अझै परम्परागत सोंच र अभ्यासमै छ । यसलाई कसैले तोड्न खोजे उसले ठूलो समस्याहरु झेल्नु पर्छ ।
आफूले मन पराएकी र माया गरेकी केटीसँग विहे गरेका कारण नुवाकोटका एक युवक झण्डै मृत्युको मुखमा पुगेका छन्, त्यो पनि आफ्नै बाबुको हातबाट ।

नुवाकोटको विदुर नगरपालिका–३ बट्टारमा बस्ने इद्रिस खानले नेपाली केटी विहे गरेको भन्दै आफ्नै छोरालाई छुरी प्रहार गरेका छन् । बाबुको नाम खुलेपछि छोराको नाम अझै खुल्न सकेको छैन । छोराले विहे गरेर ल्याएकी युवतीको विषयमा पनि अहिलेसम्म विवरण प्राप्त भइसकेको छैन ।

घाइते छोराको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । घाइते छोरालाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौ ग्रान्डी अस्पतालमा ल्याइएको छ ।

प्रहरीले छुरा प्रहार गर्ने बुवा खानलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएको छ । घटनाको पूर्ण विवरण भने आउँन बाकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...