सपनामा आफ्नै बिहे भएको देख्नुभयो, याद गर्नुहोस यस्तो हुन सक्छ



हाम्रो इकोनोमि

 

 

सपना हामी सबैले देख्छाैं, निन्द्रामा हाेस् या खुल्ला आँखाले । यसले मानिसकाे साेच र भावनामा गहिराे प्रभाव पारीरहेकाे हुन्छ। मान्छेले मात्र होइन, निदाउने जति सबै प्राणीले सपना देख्छन् ।

तर, सम्पूर्ण प्राणीको तुलनामा मानव मस्तिष्क अतुलनीय रूपमा विकसित भइसकेकाले अन्य प्राणी र मान्छेले सपनालाई ग्रहण गर्ने तरिका भने निकै फरक हुन्छ ।

सपना देख्नु स्वभाविक हो, कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन ।

अधिकांशका धेरै सपना अधुरा नै रहन्छन्। हामीले देख्ने सपना कहीँ न कहीँ बिपनासँग पनि जोडिएको हुन्छ।

 

कति सपना निदाउँदा देखिन्छ भने कति सपनाले निदाउँनै दिँदैन । हामीले देख्ने सपनाको दैनिक जीवनमा शुभ अशुभ संकेत गर्छ भन्ने जनविश्वास छ।

यहाँ हामीले सपनामा विवाह भएको देख्दा ज्योतिष शास्त्र अनुसार शुभ अशुभ के संकेत गर्छ भनेर चर्चा गर्ने प्रयास गरेका छौँ।

यदि कोही व्यक्ति सपनामा विवाह वा त्यससँग सम्बन्धित अन्य कुनै वस्तु देख्दछ भने त्यसको शुभ र अशुभ दुबै अर्थ हुन्छ ।

सपनामा आफ्नै विवाह भएको देख्नुभयो अथवा साथी, नातेदार कसैको विवाह भएको देख्नु भयो भने यस्तो सपनाको शुभ संकेत मानिदैन । यस्तो सपना देख्दा तपाईँको काममा कुनै बाधा आउनसक्ने संकेत दिन्छ।

यदि तपाईँले कोही महिलाको विवाह हुँदै गरेको देख्नुभयो भने यो तपाईँको लागि शुभ संकेत हुने विश्वास गरिन्छ।

यस्तो सपना देखे तपाईँको जीवनमा छिट्टै खुशी आउनेवाला छ भनेर बुझिन्छ। तर बेहुली रुँदै गरेको देख्नुभयो भने त्यसलाई अशुभ मानिन्छ।

यदि कोही केटी आफ्नो सपनामा प्रेमीले अर्कै केटीसँग विवाह गरेको देख्नुभयो भने मान्नुस त्यसको विवाह छिट्टै हुन्छ।

विवाहका गहना देखे पनि छिट्टै विवाह हुने संकेत बुझिन्छ। तर सबैलाई यो भविश्वाणी अनुसार मिल्छ नै भन्ने हुँदैन तर सपनाका धेरै अर्थ लगाउने हाम्रो नेपाली समाजमा पनि चलनमा छ।

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...