होटलमा काम लगाइदिन्छु भन्दै अर्कै धन्दा



हाम्रो इकोनोमि

 

ईटहरी उपमहानगरपालिका – ६ स्थित होटलमा काम लगाइदिन्छु भन्दै लोभलालचमा पारी २ किशोरीलाई यौ’नध’न्दा गराएको अभियोगमा पाँचथर फिदिम फलैचा-८ बस्ने ३० वर्षीया बिनु सुब्बा र महोत्तरी बर्दिबास नगरपालिका-१२ बस्ने २९ वर्षीय सरोज कार्कीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मोरङ बेलबारी बस्ने २१ वर्षीया र सुनसरी ईटहरी बस्ने १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारी यौ’नध’न्दा गराएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता गुल्मीमा छिमेकीलाई खु’कुरी प्र’हार गरी घा’इते बनाएको अभियोगमा मदाने गाउँपालिका-१ अग्लुङ बस्ने २० वर्षीय बाबुराम चन्दलाई प्रहरीले पक्राउ गरेको छ । चन्द र सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त बोहराबीच शनिबार राति मादक पदार्थ सेवन गर्ने क्रममा सामान्य बिवाद भएपछि चन्दले बोहरालाई खु’कुरी प्र’हार गर्दा घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले चन्दलाई खु’कुरी सहित पक्राउ गरेको हो ।

घाइते बोहारालाई स्थानीय प्राथामिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल तम्घास हुँदै लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...