काम खोज्न दुबइ गए काम पाएनन्, श्रीमतीसँग मागेको २० हजारले एक झट्कामा करोडपति



हाम्रो इकोनोमि

 

कसको भाग्य कतिबेला बदलिन्छ भन्ने कसैलाई थाहै हुँदैन । यस्तै भएको छ एक भारतीय किसानलाई, जसले पहिले काम नपाएर अरुको भरमा बाँच्नुपरेको थियो । उनी एक झट्कामा ४५ करोड रुपैयाँको मालिक भएका छन् ।

गल्फ न्यूजको समाचार अनुसार विलास रायक्ला नामका यी किसान कामको खोजीमा दुबइ गएका थिए ।

तर उनले त्यहाँ काम नपाएपछि निराश भएर भारत फर्के । घर आएर उनले श्रीमतीसँग २० हजार मागेर एउटा लट्रीको टिकट किने । त्यसपछि एक झट्कामै विलासको भाग्य बदलियो । उनी ४ मिलियन डलरका मालिक भने ।

हैदराबादका विलास डिएच १५ रफल लट्रीको विजेता बनेका हुन् । रोचक त के भने दुबइमा काम नपाएपछि उनले ४५ दिन अगाडि दुबइ छोडेका थिए ।

शनिबार उनलाई यो कुराको जानकारी दिइयो कि उनले निकै ठूलो धनराशी जितेका छन् ।

रिपोर्टका अनुसार विलास र उनकी पत्नी हैदराबादमा धान खेती गर्छन् र यसबाट उनीहरुको वार्षिक आम्दानी करिब ३ लाख रुपैयाँ छ । विलास पहिले दुबइमै बस्थे र ड्राइभरको काम गर्थे । उनले त्यहाँ हुँदा पहिले पनि टिकट किन्ने गर्थे तर पुरस्कार जित्न सफल भएका थिएनन् । विलासमा अनुसार उनले कामको प्रयासमा असफल भएपछि पत्नीसँग २० हजार रुपैयाँ मागेर आफ्ना साथी रविलाई लट्रीको टिकट किन्न दिएका थिए । रविले विलाको नामबाट ३ टिकट किनेका थिए तीमध्ये एक टिकटबाट विलासले ठूलो रकम जिते ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...