दोलखाको जुँगुमा भीषण पहिरो, २ बेपत्ता



हाम्रो इकोनोमि

 

दोलखा गौरीशंकर गाउँपालिका–१ मा गएराती गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।

जुँगुखोलामा फसेको वस र त्यसमा सवार करिव २० जना यात्रुहरुको भने सकुसल उद्धार गरिएको छ ।

वेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका २ निवासि अन्दाजी १८ वर्षिय निशान खड्का र वडा नम्वर २ का करिव ५५ वर्षिय जित खत्री रहेका छन् ।

उनीहरुको खोजी कार्य भैरहेको दोलखा प्रहरीले जनाएको छ । जुँगुखोलामा फसेको बस र त्यसमा रहेका यात्रुहरुको उद्धारका लागि जाने क्रममा माथिबाट आएको पहिरोमा परी उनीहरु बेपत्ता भएको बताईएको छ । पहिरोमा परी अन्य केही सामान्य घाईते भएका छन् ।

घट्ना बारे विस्तृत विवरण आउन बाँकी छ । बस र अन्य यात्रुहरुको भने राती १ बजेको समयमा जेसिविको सहायतामा प्रहरी र स्थानीयको टोलीले उद्धार गरेको घट्नास्थलमा रहेका पत्रकार दिल बहादुर केसिले जानकारी दिए ।

गौरीशंकर गाउँपालिकाकै अफ्लेपु लगाएतका ठाउँमा पनि पहिरोले घरहरुमा क्षति पुर्याएको स्थानीयले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार त्यहाँ आधा दर्जन घरमा पहिरोले क्षति पुर्याएको छ भने दुई दर्जन पहिरोको जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...