बाँदरले दुख दिएपछि किसानले अपनाए यस्तो उपाय



हाम्रो इकोनोमि

 

 पाल्पाको रामपुर नगरपालिका–७ को माथिल्लो बस्तीका कृषकलाई बाँदर आतङ्कले सताएपछि वडा कार्यालयको सहयोगमा अहिले बेसार खेती शुरु गरिएको हो ।

गाउँमा बाँदर आतङ्क बढेपछि वडा कार्यालयले अन्नबालीको विकल्पका रुपमा बेसार खेतीलाई प्रवद्र्धन गर्दै बीउबिजनमा सहयोग गरेको छ ।

मकै उत्पादन हुने दश रोपनी बारीमा बाँदरको समस्याले खेती लगाउन छाड्नुभएकी शान्ति विकले अहिले साढे दुई रोपनी क्षेत्रफलमा बेसार लगाउन शुरु गर्नुभएको छ । बाँझिएका सबै जमीनमा बेसार लगाएर ढाक्ने उहाँको योजना छ ।

             “बाँदरले खाला भन्ने पिरलो भएन, खेती लगाउन वडा कार्यालयले सहयोग गरेको छ, बजारमा सहजैसँग बिक्री भइहाल्छ, बेसार लगाएपछि जग्गा सदुपयोगमा आयो भने अर्कोतर्फ आम्दानी पनि हुनेभयो”, उहाँले भन्नुभयो ।

वडाले आव ०७५÷०७६ को रु तीन लाख बजेटबाट ३५ क्विण्टल बेसारको बीउ कृषकलाई उपलब्ध गराएको वडाध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताउनुभयो ।
“बारीबाटै मकै, गहुँ, केराउ, चनालगायतका अन्नबाली बाँदरले खाएर नष्ट पारेको गुनासो आएपछि विकल्पका रुपमा कार्यालयले जग्गा बाँझो नराख्न र कृषकले आम्दानी लिन सकिने गरी बेसार खेतीका लागि सहयोग गरेका छौँ”, उहाँले भन्नुभयो । बजारको व्यवस्थापन पनि वडा कार्यालयले गरिदिने उहाँको भनाइ छ ।

             बाँदरले घरबारी नछाडेपछि अन्नबाली लगाउन छाडेर बेसार खेती शुरु गरेको सावित्रा पङ्गेनी बताउनुहुन्छ ।

मकैको तुलनामा दोब्बरतेब्बर आम्दानी लिने गरी व्यावसायिक रुपमा बेसार खेती शुरु गर्न थालेको उहाँको भनाइ छ । मलेङ्ग, डिबिडी, बाहुनडाँडा, मौलाकालिका, सर्पराज टोलमा अन्नबाली बाँदरले खाएर नष्ट पारेपछि खेती लगाउन छाडेका जमीन अहिले बेसारले हराभरा बनेका छन् ।

             परीक्षणका रुपमा लगाइएको बेसार खेती राम्रो हँुदै गएको र अर्को वर्ष थप व्यवस्थित तरिकाबाट खेती गर्न कृषकलाई सहयोग गरिने वडासचिव गीता पौडेलले बताउनुभयो ।
बेसार खेती लगाउन वडा नं ७ को कार्यालयले सहयोग गरेपछि गाउँ छाडेर बेँसी झरेका कृषक पनि पहिले खेती गर्दै आएका जग्गामा बेसार लगाउन थालेका छन् । बारीमा लगाएका अन्नबाली, फलफूल, घरमा राखिएका अनाज खाएर नष्ट पारेपछि कतिपयले बस्ती नै छाडेर तल्लो क्षेत्रमा बसाई सर्न बाध्य भएका हुन् ।

             बारीका पाटाभरि मकै लगाएर राम्रै आम्दानी गर्ने यदुनाथप्रसाद पङ्गेनीले बाँदरले सताएपछि पुरानो थाकथलो नै छाडेर खेतमा बसोबास गर्दै आउनुभएको छ ।
वडा कार्यालयले बेसार खेतीका लागि बीउ सहयोग गरेपछि करीब दुई रोपनी क्षेत्रफलमा उहाँले बेसार लगाउनुभएको छ । अर्को वर्ष बाँझिन पुगेका पूरै जग्गाभरि नै बेसार लगाउने उहाँको सोच छ ।

प्रतिक्रिया दिनुहोस
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...

एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...