बाँदरले दुख दिएपछि किसानले अपनाए यस्तो उपाय



हाम्रो इकोनोमि

 

 पाल्पाको रामपुर नगरपालिका–७ को माथिल्लो बस्तीका कृषकलाई बाँदर आतङ्कले सताएपछि वडा कार्यालयको सहयोगमा अहिले बेसार खेती शुरु गरिएको हो ।

गाउँमा बाँदर आतङ्क बढेपछि वडा कार्यालयले अन्नबालीको विकल्पका रुपमा बेसार खेतीलाई प्रवद्र्धन गर्दै बीउबिजनमा सहयोग गरेको छ ।

मकै उत्पादन हुने दश रोपनी बारीमा बाँदरको समस्याले खेती लगाउन छाड्नुभएकी शान्ति विकले अहिले साढे दुई रोपनी क्षेत्रफलमा बेसार लगाउन शुरु गर्नुभएको छ । बाँझिएका सबै जमीनमा बेसार लगाएर ढाक्ने उहाँको योजना छ ।

             “बाँदरले खाला भन्ने पिरलो भएन, खेती लगाउन वडा कार्यालयले सहयोग गरेको छ, बजारमा सहजैसँग बिक्री भइहाल्छ, बेसार लगाएपछि जग्गा सदुपयोगमा आयो भने अर्कोतर्फ आम्दानी पनि हुनेभयो”, उहाँले भन्नुभयो ।

वडाले आव ०७५÷०७६ को रु तीन लाख बजेटबाट ३५ क्विण्टल बेसारको बीउ कृषकलाई उपलब्ध गराएको वडाध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताउनुभयो ।
“बारीबाटै मकै, गहुँ, केराउ, चनालगायतका अन्नबाली बाँदरले खाएर नष्ट पारेको गुनासो आएपछि विकल्पका रुपमा कार्यालयले जग्गा बाँझो नराख्न र कृषकले आम्दानी लिन सकिने गरी बेसार खेतीका लागि सहयोग गरेका छौँ”, उहाँले भन्नुभयो । बजारको व्यवस्थापन पनि वडा कार्यालयले गरिदिने उहाँको भनाइ छ ।

             बाँदरले घरबारी नछाडेपछि अन्नबाली लगाउन छाडेर बेसार खेती शुरु गरेको सावित्रा पङ्गेनी बताउनुहुन्छ ।

मकैको तुलनामा दोब्बरतेब्बर आम्दानी लिने गरी व्यावसायिक रुपमा बेसार खेती शुरु गर्न थालेको उहाँको भनाइ छ । मलेङ्ग, डिबिडी, बाहुनडाँडा, मौलाकालिका, सर्पराज टोलमा अन्नबाली बाँदरले खाएर नष्ट पारेपछि खेती लगाउन छाडेका जमीन अहिले बेसारले हराभरा बनेका छन् ।

             परीक्षणका रुपमा लगाइएको बेसार खेती राम्रो हँुदै गएको र अर्को वर्ष थप व्यवस्थित तरिकाबाट खेती गर्न कृषकलाई सहयोग गरिने वडासचिव गीता पौडेलले बताउनुभयो ।
बेसार खेती लगाउन वडा नं ७ को कार्यालयले सहयोग गरेपछि गाउँ छाडेर बेँसी झरेका कृषक पनि पहिले खेती गर्दै आएका जग्गामा बेसार लगाउन थालेका छन् । बारीमा लगाएका अन्नबाली, फलफूल, घरमा राखिएका अनाज खाएर नष्ट पारेपछि कतिपयले बस्ती नै छाडेर तल्लो क्षेत्रमा बसाई सर्न बाध्य भएका हुन् ।

             बारीका पाटाभरि मकै लगाएर राम्रै आम्दानी गर्ने यदुनाथप्रसाद पङ्गेनीले बाँदरले सताएपछि पुरानो थाकथलो नै छाडेर खेतमा बसोबास गर्दै आउनुभएको छ ।
वडा कार्यालयले बेसार खेतीका लागि बीउ सहयोग गरेपछि करीब दुई रोपनी क्षेत्रफलमा उहाँले बेसार लगाउनुभएको छ । अर्को वर्ष बाँझिन पुगेका पूरै जग्गाभरि नै बेसार लगाउने उहाँको सोच छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...